नवलपरासीमा सबैभन्दा बढी कांग्रेसका उमेदवार चुनिए

नवलपरासीमा सबैभन्दा बढी कांग्रेसका उमेदवार चुनिए

परासी : पश्चिम नवलपरासीका ७ स्थानीय तहमा सबैभन्दा बढी नेपाली कांग्रेसका उमेदवार जनप्रतिनिधिमा चुनिएका छन्। ३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएका छन्। 

जसमा प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका हुन्। कांग्रेसले प्रमुख र उपप्रमुखमा ३-३ पालिका जितेको छ। ३४ वडामा वडाअध्यक्ष र १ सय ३४ सदस्य जितेको छ। 

एमालेबाट ३ प्रमुख र २ उपप्रमुखसहित १ सय ९ जनप्रतिनिधि चुनिएका छन्। जसमा १६ वडाध्यक्ष र ८८ जना वडा सदस्य जितेको छ। माओवादी केन्द्रले १-१ प्रमुख उपप्रमुखसहित ३० जनप्रतिनिधि जितेको छ। जसमा ७ वडाध्यक्ष र २१ जना सदस्यामा जितेको छ। राप्रपाले ३० जना जनप्रतिनिधि जितेको छ। जसमा १ उपप्रमुख, ६ वडाध्यक्ष र २३ वडा सदस्यमा जनप्रतिनिधि जितेको हो।  

जनता समाजवादी पार्टी(जसपाले) २४ जनप्रतिनिधि जितेको छ। जसमा ६ वडाध्यक्ष र १८ सदस्य छन्। लोसपाले १ वडाध्यक्ष र ४ सदस्य गरी ५ जनप्रतिनिधिमा जितेको छ। जनता प्रगतिशिल पार्टी(जप्रपा) ले १ वडाध्यक्ष र ४ सदस्य गरी ५ जनप्रतिनिधि जितेको छ। नेकपा एकीकृत समाजवादी(एस) ले १ वडाध्यक्ष र २ सदस्य गरी ३ जना जनप्रतिनिधि जितेको छ। स्वतन्त्रबाट २ जना वडाध्यक्ष र २ जना सदस्य गरी ४ जनाले जितेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.