बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा फेरि कांग्रेस विजयी
![बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा फेरि कांग्रेस विजयी](https://annapurnapost.prixacdn.net/media/albums/mahagadhi_20220522084833_jAnnM9dPSq.jpg)
वीरगन्ज : बाराको महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो विरासत कायम राखेको छ । शनिबार मध्यरातमा सम्पन्न मतगणना अनुसार मेयर र उपमेयर दुवै पदमा पुन कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
मेयरमा निवर्तमान मेयर एंव कांग्रेस उम्मेदवार उपेन्द्र यादव र उपमेयरमा निवर्तमान उपमेयर एंव कांग्रेसकी उम्मेदवार तारा देवी कानु निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार रामबाबु यादवलाई १ हजार २ सय ९४ मत अन्तरले पराजित गर्दै उपेन्द्र मेयरमा पुन दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उपेन्द्रले ८ हजार ६ सय ७० मत पाउँदा जसपाका रामबाबुले भने ७ हजार ३ सय ७६ मत पाएका छन् ।
उपमेयरमा पनि कांग्रेसकै तारादेवी कानु ७ हजार ९ सय ९७ मतका साथ पुन दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पान्जली देवीलाई ९ सय ८७ मतले पराजित गरेकी हुन् । एमालेकी पुष्पान्जली देवीले ७ हजार १० मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)