पाल्पाको रम्भा गाउँपालिकामा गठबन्धन पराजित, अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पाल्पाको रम्भा गाउँपालिकामा गठबन्धन पराजित, अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

तानसेन : पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरीदोस्रो कार्यकालको लागि एमाले विजयी भएको हो।

एमालेका उम्मेदवार भण्डारीले गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद अधिकारीलाई १०४४ मत अन्तर पराजित गरेका छन्। एमालेका भण्डारीले ५५८६ मत प्राप्त गर्दा अधिकारीले ४५४२ मत ल्याएका थिए। 

उपाध्यक्षमा राधा कुमारी श्रेष्ठले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विष्णुकुमार थापालाई ६६१ मत अन्तरले पराजित गरिन्। उपाध्यक्ष श्रेष्ठले ५७१९ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसका थापाले ५०५८ मत प्राप्त गरी पराजित भए। ५ वटा वडा रहेको रम्भा गाउँपालिकामा नेकपा एमालेले ३ वटा वडा र नेपाली कांग्रेसले २ वटा वडामा विजय हासिल गरेको छ। 

एमालेलेबाट  वडा नं. २ मा चेत बहादुर सुनारी, वडा नं. ४ मा कृष्ण बहादुर रायमाझी र वडा नं. ५ मा खुमकान्त बस्याल विजयी भएका छन्। काग्रेसबाट वडा नं. १ मा ईश्वरी काफ्ले, र वडा नं.३ मा थमन बहादुर गाँहा विजयी भएका छन्। पाल्पा २०५१ सालदेखि नेकपा एमाले पहिलो पार्टी रहदै आएकोमा २०७९ को स्थानीय तह निर्वाचनमा पनि पहिलो पार्टीनै भएको छ।  पाल्पाका १० वटा पालिकामध्ये  नेकपा एमालेले ६ वटा पालिकाको अध्यक्ष र ५ वटा पालिकाको उपाध्यक्षमा जित हासिल गरेको छ। ८१ वडा रहेको पाल्पामा ४१ वटा वडामा एमालेले जितेको छ। गठबन्धन अन्तरगत नेपाली कांग्रेसले २ वटा प्रमुख, १ उप प्रमुख, १ पालिका अध्यक्ष, २ उपाध्यक्षमा जितेको छ भने नेकपा माओवादीले १ अध्यक्ष, १ उपाध्यक्ष र १ उप प्रमुख पदमा विजयी भएको छ। नेपाली कांग्रेसले ३४, माओवादी केन्द्रले ५ र जनमोर्चाले १ वडा अध्यक्षमा विजय गरेको छ। 

२०७४ सालमा एमालेले ६ प्रमुख, ७ उप प्रमुख र ४० वडामा जित हासिल गरेकोमा अहिले १ वडा थपेको छ भने २ वटा उपप्रमुख गुमाएको छ। गठबन्धन गरेर कांग्रेस पाल्पालाई भने नोक्सान भएको छ।  ४ प्रमुख र ३ उप प्रमुख र ३७ वटा वडा जितेको कांग्रेस ३ प्रमुख ३ उपप्रमुख र ३४ वडामा सिमित बनेको छ। माओवादी केन्द्र भने फाइदामा पुगेको छ। २०७४ मा ४ वडामा मात्र सिमित रहेको माओवादी केन्द्रले १ अध्यक्ष, १ उपाध्यक्ष र १ नगरप्रमुखसहित ५ वडामा जित हासिल गरेको छ। यो चुनावी नतिजासँगै जिल्ला समन्वय समिति पनि नेकपा एमालेको पोल्टामा पुगेको छ। स्थगित भएको मतगणना शुक्रबार साँझदेखि शुरु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.