बारामा कांग्रेसलाई गठबन्धन फापेन, एमाले बलियो

बारामा कांग्रेसलाई गठबन्धन फापेन, एमाले बलियो

सिमरा : बारामा हालसम्म आएको मतपरिणामको आधारमा बारामा नेकपा एमाले ठुलो दलको रुपमा अगाडि आएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख दुवै र एक स्थानमा उपप्रमुख जितेको एमालेले यसपटक चार पालिकामा प्रमुख, उपप्रमुख दुवै र एक उपमहानगरपालिकामा उपप्रमुख जितेको छ। 

एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढमा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनीमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हात पारेको छ। अघिल्लो पटक प्रमुखसमेत जीतपुरसिमरामा भने यसपटक गठबन्धनबाट माओवादी केन्द्रले जितेको छ। यसअघि प्रमुखसहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा आफूलाई उभ्याउन सफल भएको छ। एमालेसँग अहिले ९ जना पालिका प्रमुख र उपप्रमुख छन्। 

एमालेले चार जित्दा सोही अनुसारको जीत हात पारेको कांग्रेसले भने उपमहानगरपालिका गुमाएको छ। अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिकासहित ६ स्थानमा जीत हात पारेको कांग्रेसले अहिले चार स्थानमा जितेको छ। 

कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटामै सफलता हात पार्न सकेन्। माओवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको हो। 

अघिल्लो निर्वाचनमा कांग्रेसले कलैयासहित निजगढ, स्रिमौनगढ, महागढीमाई, बारागढी, करैयामाईमा जितेको थियो। तर यसपटक कांग्रेसले महागढीमाई नगरपालिका, कोल्हबी नगरपालिका र सुवर्ण गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकामा जितेको हो। कांग्रेससँग आठ जना पालिका प्रमुख उपप्रमुख छन्। 

अघिल्लो पटक चार स्थानीय तहमा जीत हात पारेको तत्कालिन संघीय समाजवादी फोरम हाल जनता समाजवादी पार्टीले जिल्लामा हालसम्म तीन पालिका जितेको छ। जसपाले देवताल, करैयामाई र बारागढीमा जित हात पारेको हो। तत्कालिन ससफोले अघिल्लो पटक पचरौता, आदर्श कोतवाल, फेटा र सुवर्णमा जित हात पारेको थियो। जसपासंग अहिले ६ जना पालिका प्रमुख र उपप्रमुख छन्।

यसैगरी अघिल्लो पटक तीन गाँउपालिका जितेको तत्कालिन राष्ट्रिय जनता पार्टी हाल लोकतान्त्रिक समाजवादी पार्टीले दुई स्थानमा जित हात पारेको छ। लोसपाले सिम्रौनगढ नगरपालिका र बिश्रामपुर गाँउपालिकामा जित हात पारेको हो। तत्कालिन राजपाले जित हात पारेको देवताल, प्रसौनी र परवानीपुर लोसपाले गुमाएको छ। लोसपासंग हाल ४ जना पालिका प्रमुख र उपप्रमुख छन्। 

बाराको एउटा पालिकामा विवेकशील साझा पार्टीले जित हात पारेको छ। विवेकशीलबाट रुस्तम अंसारी अध्यक्ष र निलम साह उपाध्यक्षमा निर्वाचित भएका हुन्। अंसारी नेपाली कांग्रेसबाट टिकट नपाएपछि विवेकशीलबाट चुनाव लडेका थिए। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट लडेका अंसारी संघीय समाजवादी फोरमका अमिरिलाल प्रसादसंग पराजित भएका थिए। 

कलैया उपमहानगरपालिका
प्रमुखः विनोद साह (एमाले)
उपप्रमुखः रौशन परविन (एमाले) 

जीतपुरसिमरा उपमहानगरपालिका
प्रमुखः राजन पौडेल (गठबन्धन–माओवादी केन्द्र)
उपप्रमुखः भोला प्रसाद अधिकारी (एमाले)

निजगढ नगरपालिका
प्रमुखः सुरथ पुरी (एमाले)
उपप्रमुखः सोममाया थि (एमाले)

प्रसौनी गाँउपालिका
अध्यक्षः विनोद प्रसाद जैसवाल (एमाले)
उपाध्यक्षः किरण देवी (एमाले)

परवानीपुर गाँउपालिका
अध्यक्षः रामक्षत्री प्रसाद कुर्मि (एमाले)
उपाध्यक्षः सुगान्धी देवी कनुइन (एमाले) 

कोल्हबी नगरपालिका
प्रमुखः रामप्रसाद चौधरी (कांग्रेस)
उपप्रमुखः लक्ष्मी कुमारी चौधरी (कांग्रेस)

महागढीमाई नगरपालिका
प्रमुखः उपेन्द्रप्रसाद यादव (कांग्रेस)
उपप्रमुखः तारादेवी कानु (कांग्रेस)

सुवर्ण गाँउपालिका
अध्यक्षः राजेश प्रसाद यादव (कांग्रेस)
उपाध्यक्षः पुनम कुमारी (कांग्रेस) 

आदर्श कोतवाल गाँउपालिका
अध्यक्षः जवाहर प्रसाद (कांग्रेस)
उपाध्यक्षः मिरा देवी (कांग्रेस) 

करैयामाई गाँउपालिका
अध्यक्षः शम्भु प्रसाद यादव (जसपा)
उपाध्यक्षः सुनैना कुमारी चौधरी (जसपा) 

बारागढी गाँउपालिका
अध्यक्षः अशोककुमार जयसवाल (जसपा)
उपाध्यक्षः लक्ष्मी देवी राय (जसपा) 

देवताल गाँउपालिका
अध्यक्षः उदयप्रसाद यादव (जसपा)
उपाध्यक्षः सितापती देवी यादव (जसपा) 

सिम्रौनगढ नगरपालिका
प्रमुखः किशोरी प्रसाद कलवार (लोसपा)
उपप्रमुखः नजमु शेहर (लोसपा)

बिश्रामपुर गाँउपालिका
अध्यक्षः जुल्फिकार अलि भुटो (लोसपा)
उपाध्यक्षः प्रियंका देवी (लोसपा) 

फेटा गाँउपालिका
अध्यक्षः रुस्तम अंसारी (विवेकशील)
उपाध्यक्षः निलम साह (विवेकशील) 

पचरौता नगरपालिका (मतगणना जारी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.