कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

महेन्द्रनगर : कञ्चनपुरको सबैभन्दा ठुलो नगरपालिका भीमदत्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पदक बोगटी विजयी भएका छन्। भीमदत्तमा कांग्रेसले १४ वडासहित मेयर उपमेयरमा विजय प्राप्त गरेको हो। २५ वर्षपछि कांग्रेसले भीमदत्तमा बहुमतसहित नगरपालिकाको नेतृत्व पाएको हो।

२०४६ को जनआन्दोलनपछि कांग्रेसले २०४९ को स्थानीय तह निर्वाचनमा मात्रै भीमदत्त सरकारमा बसी नेतृत्व गरेको थियो। त्यसपछि २०५४ र २०७४ मा एमालेले नेतृत्व गरेको थियो। यसपटक भने एमाले तीन वडामा खुम्चिएको छ।

भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरे।  

    
उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे।  

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन्।  नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६००  र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन्।  उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.