नवलपरासीको रामग्रामका मेयरको पहिलो निर्णय : बाढी नियन्त्रण

नवलपरासीको रामग्रामका मेयरको पहिलो निर्णय : बाढी नियन्त्रण

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नवनिर्वाचित मेयर धनपद यादवले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर पहिलो निर्णय गरेका छन् । 

पदभार समाल्दै मेयर यादवले गतवर्ष आएको बाढीले रामग्राम नगर क्षेत्र प्रभावित बनेकाले बाढी नियन्त्रणलाई प्रमुखरुपमा राखेर काम गर्ने बचन दिए।

गत भदौमा आएको बाढीका कारण नगर क्षेत्रमा २ जनाले ज्यान गुमाएका थिए । करडौंको धनमाल बगेर नष्ट भएको थियो । झरही खोलाका कारण आएको बाढीले क्षति पुर्‍याएको भन्दै तटबन्धन कार्यलाई तीव्रता दिइ बाढी पस्ने संभाव्य स्थानको खोजी गरी व्यवस्थापनमा लाग्ने यादवले बताए ।

पानीको बहाब रोकिन सक्ने स्थानको पहिचान गरी सम्भाव्य बाढीको क्षतिलाई न्यूनिकरण गर्ने उपायको खोजी गरेर काम थालनी गर्न पनि यादवले कर्मचारीहरुलाई निर्देशन दिए । 

पदभार समाल्न मेयर यादवसँगै उपमेयर सम्झना चौधरी पाँच कन्याकासाथ शुभ साइत निकालेर नगरपालिका पुगिन्। बाढी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने यादवले बताइन्।उनले नगरपालिकाका अघिल्ला निर्णय र आगामी कार्यक्रमलाई सँगसँगै लगेर काम गर्ने योजना रहेको यादवले सुनाइन्।

पदभार समाल्दै उपमेयर चौधरीले जनताको चाहनाअनुसार काम गर्ने बताइन् । उनले सामान्य झगडा र अन्य विवादका घटनाहरु प्रहरी र अदालतमा जाने प्रवृत्तिलाई अन्त्य गरी न्यायिक समितिद्वारा जनतालाई न्याय दिलाउन आफू अग्रसर हुने प्रतिवद्धता जनाइन् । स्थानीय तह निर्वाचनमा मेयरमा एमाले र उपमेयरमा राप्रपाका उम्मेदवार विजयी भएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.