वीरगन्जका नवनिर्वाचित मेयर सिंहलाई सांसद यादवद्वारा चाँदीको मुकुट लगाएर सम्मान

वीरगन्जका नवनिर्वाचित मेयर सिंहलाई सांसद यादवद्वारा चाँदीको मुकुट लगाएर सम्मान

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज (मुकुट) पहिर्‍याएर बधाइ दिनुका साथै सम्मान गरेका छन्। 

मङ्गलबार बिहान महानगरको मतगणना सम्पन्न भइ मेयरमा निर्वाचित भएपछि सबैभन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका सिंहलाई सांसद यादवले चाँदीको ताज पहिर्‍याएर बधाइ दिंदै सम्मान गरेका हुन्। 

सत्तागठबनधनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन अहम भूमीका निर्वाह गरेका सांसद यादवले सिंहलाई सम्मान गरेको फोटो फेसबुकमा पेजमा राख्दै लेखेका छन्, ‘हामीसँगै लडेका थियौं, सँगै जित्यौं पनि र हामीसँगै रहन्छौं सँगै अगाडि बढ्छौं । यो जीत हाम्रो मात्र होइन सम्पूर्ण वीरगन्जवासीको हो।'

सांसदको बधाइ र सम्मान थापेपछि मात्रै नवनिर्वाचत मेयर सिंह आफ्ना समर्थकका साथ वीरगन्ज १४ पिपरा स्थित नृसिंह मावि परिसरको मतगणनास्थलमा पुगेका थिए। त्यहाँ उनले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए। त्यसपछि आफ्ना समर्थकका साथ सिंहले वीरगन्जमा विजय र्‍याली निकालेर नगर परिक्रममा गरेका छन्।  सिंह ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.