पाल्पाको बगनासकालीमा कार्यपालिका सदस्य निर्विरोध

पाल्पाको बगनासकालीमा कार्यपालिका सदस्य निर्विरोध

तानसेन : पाल्पाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुने कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका महिला सदस्यहरुबाट वडा नं  २ की, गीता रेग्मी, वडा नं ३ बाट वसन्ती थापा, वडा नं ५ की, खुमादेवी भट्टराई र वडा नं ८ बाट उमकला न्यौपाने अर्याल रहेका छन्। यसैगरी खुला दलित सदस्य बाट वडा नं ३ का तेजप्रसाद रसाली र वडा नं ६ का वोमलाल सुनार निर्विरोध निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस तथा अन्य दलबाट कार्यपालिका सदस्यमा उम्मेदवारी मनोनयन नपरेपछि एमालेका सबै उम्मेदवार स्वतह निर्विरोध निर्वाचित भएको तर कानुनीरुपमा भने जेठ १५ गते मात्र निर्वाचित भएको घोषणा गरिने बगनासकाली गाउँपालिकाका निर्वाचन अधिकृत रवि न्यौपानेले बताए।

१७ जनाको बगनासकाली गाउँकार्यपालिका रहेकोमा नेकपा एमालेबाट १४ जना र नेपाली कांग्रेसबाट ३ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.