जिसस सङ्खुवासभाको प्रमुखमा शाक्य र घलेको उम्मेदवारी

जिसस सङ्खुवासभाको प्रमुखमा शाक्य र घलेको उम्मेदवारी

सङ्खुवासभा : जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ। प्रमुखमा गठबन्धनले नेकपा (एस) का सुमन शाक्य र नेकपा(एमाले)ले स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेलाई सघाउने गरी शनिवार उम्मेदवारी दर्ता भएको छ।

एमालेले नेपाली कांग्रेसबाट निर्वाचित घलेलाई समन्वय प्रमुखमा प्रस्ताव र सर्मथन गरी उम्मेदवारी दिएको छ। प्रमुख पदका उम्मेदवार घले चिचिला गाउँपालिका-५ बाट कार्यपालिका सदस्यमा र शाक्य खाँदबारी नगरपालिका-१ बाट वडा सदस्यमा निर्वाचित निर्वाचित भएका हुन्। शाक्य यस अघिका जिल्ला समन्वय प्रमुख हुन्। एमालेबाट समन्वय प्रमुख भएका शाक्य पार्टी विभाजन पछि नेकपा (एस) मा गएका थिए।

१० वटा स्थानीय तह रहेको यस जिल्लामा नेपाली काँग्रेस ९, एमाले ८, एकीकृत समाजवादी २ र माओबादी केन्द्र सँग १ मत रहेको छ। गठबन्धन सँग १२ र एमाले सँग ८ मत रहेको छ। प्रमुख पदमा एमालेको सहयोगमा उम्मेदवारी दिएका घलेले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।

उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसकी वविता खत्री र एमालेबाट रेनुका माया गुरुङले उम्मेदवारी दिएका छन्। खुल्ला सदस्यमा एमालेले छत्रकुमार राई, टिकाराम कुमाल, दिनेशकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका छेदर भोटे, मनोजकुमार थायुम र माओवादी केन्द्रका मणिराज खत्रीले उम्मेदवारी दिएका छन्। त्यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा एमालेबाट नरेन्द्र कुमार राई(मेवाहाङ) र कांग्रेसबाट देउमान राई(याम्फु)को उम्मेदवारी छ।

महिला सदस्यमा गठबन्धनको तर्फबाट माओवादीका अरिता राई र शान्तिदेवि राई, कांग्रेसका भत्तीमाया गुरुङको उम्मेदवारी छ। त्यसैगरी एमालेबाट अमृता विश्वकर्मा(गदाल), भुमादेवि पाण्डे र माया देवि दर्जीको उम्मेदवारी छ।

जिल्ला समन्वय समिति निर्वाचनमा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्ने छन्। गाउँसभा वा नगरसभाको सदस्यमा निर्वाचित भएको र नियमावलीको नियम ३८ (क) बमोजिम शपथ लिएको व्यक्ति जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको लागि उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ। जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख सहित ९ जना निर्वाचित हुने छन्। स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समितिको गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

२१ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने, उम्मेदवारको सुची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजरी दिने, २२ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गर्ने र २४ गते मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यतालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.