पप्पुको बदमासी रोकिएन, ७ वर्षमा पनि बनेन पुल

पप्पुको बदमासी रोकिएन, ७ वर्षमा पनि बनेन पुल

वीरगन्ज : पर्सा जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदीमाथिको पुल निर्माण ठेकेदारको लापरवाहीका कारण अहिले पनि अधुरै छ । 

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै  बनाउने गरी तिलावे खोला पुलको निर्माणको ठेक्का लिएको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार , सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो । 

तर, ठेक्का लागेको ७ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै रहेको छ  विभिन्न कारण देखाउँदै  ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएको छ  । 

पछिल्लो पटक थपिएको ठेक्काको म्याद  गत चैत मसान्तसम्म सकिए पनि करिब ३ महिना हुन लागिसकेको छ । तर, अझैसम्म पुलको निर्माण कार्य भने सकिएको छैन ।

ठेकेदारको आग्रहमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका  आठौं पटक फेरि असार १६ गतेसम्म म्याद थपेको छ । 

यसअघि सातौं पटक थपिएको गत चैत मसान्तको म्यादमा काम नसकिएकाले ठेकेदारकै आग्रहमा अन्तिम पटकका लागि असार १६ सम्म म्याद थपिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले बताए । उनले भने, असार १६ सम्म ठेकेदारले पुलको काम सक्छ भन्ने विश्वास छ । '

यसअघि ठेकेदार नै सम्पर्कविहीन हुँदा ७ महिनासम्म अलपत्र परेको पुलको निर्माण कार्य , स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिनासम्म प्रदर्शनसहितको दबाब दिएपछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो । 

त्यसबेला ( गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षीय बैठकले ७ महिनादेखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गते  देखि सुचारु गर्ने सहमति गरेको थियो ।
 
उक्त बैठकमा रोकिएको पुलको निर्माण कार्य गत चैत मसान्तभित्र निर्माण कार्यसक्ने सहमति पनि भएको थियो । 

तर, ठेक्का लगाइएको ३ वर्षभित्रै सक्नुपर्ने निर्माणको काम ७ वर्ष वितिसक्दा पनि अधुरै रहँदा पर्सा जिल्लाभरकै स्थानीय आवागमनमा सास्ती खेप्न बाध्य छन् ।

पुरानो फलामे पुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहाँ हरेक दिन बिहान र साँझ घण्सम्म ट्राफिक जाम लाग्ने गरेको छ ।

नदीमा बनाइएको कच्ची डाइभर्सन पनि अहिले बाढीले बगाइसकेका कारण पुरानो साँघुरो फलामे पुलमा घण्टौसम्म ट्राफिक जाम लाग्ने गरेको स्थानीय जय साहले बताए । 

यता गत कात्तिक महिनाभर पुलको निर्माण कार्य छिटटै सक्ने भनेर दबाब दिँदै प्रदर्शन गरेका युवा अगुवा राकेश यादवले ठेकेदार र हुलाकी कार्यालयको चरम लापरवाहीले पुलको काममा अहिले पनि ढिलासुस्ती भइरहेको बताए । 

उनले भने , कात्तिकमा हामीले महिना दिनसम्म प्रदर्शन गरेपछि पुलको काम ठेकेदारले सुरु त गर्‍यो तर, फेरि पनि भनेको समयमा (चैत मसान्त सम्म)पुरा गर्न सकेन ।'

अब फेरि असार १६ सम्म म्याद थपिएको जानकारी आफूहरुले पाएको बताउँदै यादवले समयमा काम सकेन भने आफूहरु फेरि संघर्षमा उत्रिने चेतावती दिए। । 

 अलपत्र परेको तिलावे पुल । तस्बिर : क्रान्ति शाह 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.