'फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालयको पैसाले पुग्दैन, काठमाडौंमा फ्लाइ ओभर नबनाए पनि हुन्छ’
काठमाडौंः सांसद गगनकुमार थापाले काठमाडौंमा फोहोरमैला व्यवस्थापनको दिर्घकालीन समाधान निकालिनुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसदको प्रतिनिधि सभामा बोल्दै थापाले फोहोरको दिर्घकालीन समाधानका लागि शहरी विकास मन्त्रालयको बजेट अपुग हुने बताए।
उनले भने, ‘फोहोरको समस्या हल गर्न सहरी विकास मन्त्रालयको पैंसाले पुग्दैन । बञ्चरे डाँडा र सीसडोलको समस्या हल गर्न सहरी विकास मन्त्रालयको पैंसाले पुग्ने स्थिति छैन । यो वर्ष काठमाडौंमा फ्लाइ ओभर नबनाए पनि हुन्छ । अन्डरपास नबनाए पनि हुन्छ । बञ्चरे डाँडा र सीसडोलको समस्याका लागि केहि अर्ब छुट्याउने हो भने दिर्घकालीन समाधान निस्किन्छ । बाहिरका पाँचवटा योजना काटे पनि हुन्छ । ’
उनले काठमाडौं र वरपरको सडक फोहोरले पुरिन थालेको बताए ।
प्रतिक्रिया दिनुहोस !