सप्तरीमा चट्याङ लागेर दुई किसानको मृत्यु
![सप्तरीमा चट्याङ लागेर दुई किसानको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/chatyang-parbat_20180515084745_mtuiA6xtZM.jpg)
राजविराज : वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा दुई जनाको मृत्यु भएको छ।
गाई वस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ६० वर्षीय सत्यनारायण यादवको चट्याङ लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। बिहुल नदी किनारमा गाइवस्तु चराइरहेका बेला अचानक ठूलो वर्षा भएपछि दुबै जना पिपलको रुखमुनि ओत लागेका थिए।
रुखमा ओत लागेका दुवै जनामाथि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर बालिस्टर सिंहले बताए।
बोदे बर्साइनस्थित लाइफ केयर अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि अहिले शव घरतर्फ ल्याइएको र घटनास्थल मुचुल्का बनाउन लागिएको सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)