जिसस धनकुटामा एमालेको प्यानल नै विजयी

जिसस धनकुटामा एमालेको प्यानल नै विजयी

धनकुटा : जिल्ला समन्वय समिति धनकुटाको निर्वाचनमा नेकपा एमालेका निरन तामाङ्गसहित प्यानल विजयी भएको छ। जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय समितिको लागि शनिबार भएको निर्वाचनमा एमालेका तामाङ्गसहित अन्य पदाधिकारीहरु विजयी भएका हुन्।

उपप्रमुख सावित्रा राई, महिला सदस्यहरु ईन्दिरा सुब्बा(याखा), कमलकुमारी लिम्बू, सरिता भण्डारी(बराल), दलित तथा अल्पसंख्यकबाट बालकुमारी रुचाल, अन्य सदस्यहरुमा टिकाराम मगर, नेत्रबहादुर भण्डारी र रबिन्द्र न्यौपाने विजयी भएका हुन्।

गठबन्धनका तर्फबाट उम्मेदवार रहेका हर्क चेम्जोङ्गले ५, उपप्रमुख मन्जु कार्कीले ४ मत महिला सदस्यहरु, डम्बरकुमारी अधिकारी(धमला) र बिमला राई(माबुहाङ्ग)ले ५/५ मत तथा सरिता खत्री(भण्डारी)ले ४ मत ल्याएका छन्।

दलित तथा अल्पसंख्यकबाट दुर्गा दर्जी तथा अन्य सदस्यहरु कुसुम जोशी श्रेष्ठ, सुशिलकुमार मगर र सुष्मा गुरुङ्गले ५/५ मत पाएइका छन्। सात स्थानीय तह रहेको धनकुटामा नेकपा एमालेका ३ प्रमुख र ६ उपप्रमुखसहित ९ जनाले मतदान गरेका थिए। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ४ प्रमुख र माओवादी केन्द्रको १ उपप्रमुखसहित ५ जनाले मतदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.