पाल्पाका पूर्वसांसद थापाको निधन
जेठ २८, २०७९ शनिबार १६:४७:०
तानसेन : पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ। थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका-१० गेझामा निधन भएको हो।
थापा लामो समयदेखि मुटुरोगबाट ग्रसित थिए।