७ वर्षदेखि पुल अधुरै

७ वर्षदेखि पुल अधुरै

वीरगन्ज : पर्साको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदीमाथिको पुल ७ वर्षदेखि अधुरो छ। ठेकेदारको लापरबाहीका कारण उक्त पुल अधुरै रहेको हो। 

२०७२ जेठ २५ मा पप्पु-लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी पुलको निर्माण गर्ने बताएको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार सम्झौता भएअनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, ठेक्का लागेको ७ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन। यसको विभिन्न कारण देखाउँदै  ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गराउँदै आएको छ । 

पछिल्लोपटक थपिएको ठेक्काको म्याद गत चैत मसान्तसम्मको म्याद सकिएको पनि करिब ३ महिना हुन लागिसकेको छ। तर, अझैसम्म पुलको निर्माण सकिएको छैन। ठेकेदारको आग्रहमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका  आठौंपटक फेरि असार १६ गतेसम्मको म्याद थपेको छ। 

यसअघि सातांैपटक थपिएको गत चैत मसान्तको म्यादमा काम नसकिएकाले ठेकेदारकै आग्रहमा अन्तिमपटकका लागि असार १६ सम्मको म्याद थपिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले बताए। उनले भने, ‘असार १६ सम्म ठेकेदारले पुलको काम सक्छ भन्ने विश्वास छ।’ 

यसअघि ठेकेदार नै सम्पर्कविहीन हुँदा ७ महिनासम्म अलपत्र परेको पुलको निर्माण, स्थानीय युवाहरूले पुल निर्माणस्थलमै १ महिनासम्म प्रदर्शनसहितको दबाब दिएपछि गत मंसिरबाट निर्माण सुचारु भएको थियो। 

जिल्ला प्रशासन कार्यालय पर्सामा ठेकेदारसहितको सर्वपक्षीय बैठकले ७ महिनादेखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण मंसिर १ गतेदेखि सुचारु गर्ने सहमति गरेको थियो। उक्त बैठकमा रोकिएको पुलको निर्माण कार्य गत चैत मसान्तभित्र निर्माण कार्य सक्ने सहमति पनि भएको थियो। 

तर, ठेक्का लगाइएको ३ वर्षभित्रै सक्नुपर्ने निर्माणको काम ७ वर्ष बितिसक्दा पनि अधुरै रहँदा पर्सा जिल्लाभरकै स्थानीय आवागमनमा सास्ती खेप्न बाध्य छन्। पुरानो फलामे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहाँ हरेक दिन बिहान र साँझ घन्टौंसम्म ट्राफिक जाम हुने गरेको छ। नदीमा बनाइएको कच्ची डाइभर्सन पनि अहिले बाढीले बगाइसकेको छ। जसका कारण ट्राफिक जाम हुने गरेको स्थानीय जय साहले बताए। 

यता, गत कात्तिक महिनाभर पुलको निर्माण कार्य छिट्टै सक्न भनेर दबाब दिँदै प्रदर्शन गरेका युवा अगुवा राकेश यादवले ठेकेदार र हुलाकी कार्यालयको चरम लापरबाहीले पुलको काममा ढिलासुस्ती भइरहेको बताए। उनले भने, ‘कात्तिकमा हामीले महिना दिनसम्म प्रदर्शन गरेपछि पुलको काम ठेकेदारले सुरु त ग¥यो तर फेरि भनेको समयमा (चैत मसान्तसम्म)पुरा गर्न सकेन।

अब पुनः असार १६ सम्म म्याद थपिएको जानकारी आफूहरूले पाएको बताउँदै यादवले भने, ‘फेरि पनि यो समयमा काम सकेन भने फेरि संघर्षमा उत्रिन्छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.