‘देउवा कुन हैसियतमा अमेरिका भ्रमणमा जान लागेको हुन् ?’

‘देउवा कुन हैसियतमा अमेरिका भ्रमणमा जान लागेको हुन् ?’

काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमा बोलाउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले भ्रमणको उद्देश्य र एजेन्डाबारे छलफल गर्ने निर्णय गरेको हो। 

आगामी असार ५ गतेको बैठकमा भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन्। परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा बैठकको सुरुआत भएको बताउँदै उनले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाएर समितिले छलफल गरिने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री समितिमा आएर स्पष्ट रूपमा बोल्नुभयो भने गौरव र सम्मानको विषय हुनेछ। राष्ट्रका हितका निमित्त के कदम चालिएका छन् भन्ने कुरा सबैको चासोको विषय हो।’

एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए। अमेरिकासँगको सम्बन्ध र सम्झौताका विषयमा धेरै चर्चा सुनिएको र यस विषयमा जानकारी हुनुपर्ने धारणा राखे। ‘डिप्लोमेसी चर्चाहरू सुनिएका छन्। सम्झौताका कुरा छन्। ट्रेनिङका लागि स्थायी ठाउँहरू उपलब्ध गराउनुपर्ने कुरा सुनिएको छ। यस्तो संवेदनशील विषयमा सबैले थाहा पाउनुपर्यो,’ ज्ञवालीले भने, ‘उहाँ भ्रमणमा कुनै पार्टीको अध्यक्ष वा गठबन्धनको हैसियतले नभई देशको प्रधानमन्त्रीको हैसियतले जाने हो।’ 

आइतबारको संसद् बैठकमा पनि नेता ज्ञवालीले प्रधानमन्त्री देउवा कुन हैसियतमा अमेरिका भ्रमणमा जान लागेको हो भन्दै कुरा उठाएका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि देश भक्तिको भावना अनुरूप छलफल हुनुपर्ने बताए। नेपालले भने, ‘देशको विषयमा कुनै किसिमको दबाब स्वीकार्य हुँदैन प्रष्ट रूपमा राख्नुपर्छ।’

त्यस्तै, एमाले नेता भीम रावलले पनि अन्तर्राष्ट्रिय समितिमार्फत देशलाई जवाफ दिनुपर्ने बताए। उनले १० पटक बोलाउँदा नआउने प्रधानमन्त्रीले देशलाई जवाफ दिनुपर्ने रावलको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.