डोटीको उडितोलामा घरभित्र पस्यो चितुवा, दुईजना घाइते

डोटीको उडितोलामा घरभित्र पस्यो चितुवा, दुईजना घाइते

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको छ ।

 घरभित्र पसेको चितुवाले दुईजनालाई घाइते बनाएको छ ।

शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेको प्रहरीले जनाएको छ । 

चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको हो । 

घरभित्र छिरेको चितुवा केही बेरपछि मात्रै निस्किएको थियो ।

चितुवाको आक्रमणमा परेकी ४५ वर्षीया पार्वतीको हात, टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको घाँटी र टाउकोमा चोट लागेको छ । 

उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन् । 

अहिले जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन बन कार्यालय डोटीको टोली र स्थानीयको सहयोगमा चितुवालाई बनतिर पठाइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.