सुदूरपश्चिम विश्वविद्यालयका तीन सय विद्यार्थी दिक्षीत

सुदूरपश्चिम विश्वविद्यालयका तीन सय विद्यार्थी दिक्षीत

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयलको दोस्रो दीक्षान्त समारोहमा तीन सय बढी विद्यार्थी दिक्षीत भएका छन्। ग्रेस लिष्टमा रहेका १ हजार ५५८ जना विद्यार्थीमध्ये ३ सय १८ जना विद्यार्थी दिक्षान्त समारोहमा दिक्षीत भएका हुन्। दिक्षान्त समारोहका अध्यक्ष प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरमा उच्च शिक्षाको पहुँच पुगाएको बताए।

दीक्षान्त समारोहमा बोल्दै देउवाले विश्वविद्यालयले दक्षजनशक्ती उत्पादन गर्न सफल भएको बताए।‘विश्वविद्यालयले न्यून शुल्कमा उच्च शिक्षा हासिल गर्न मद्धत गरेको छ।’ उनले भने–‘दिक्षीत विद्यार्थीहरुले ईमान्दारीताका साथ राष्ट्रिय हितका लागि समाजमा काम गर्नेछन्।’ उनले सुदूरपश्चिम विश्वविद्यालय अनुसन्धानको आकर्षणकारुपमा स्थापीत गर्न प्राध्यापक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको बताए। समारोहमा बोल्दै उनले सुदूरपश्चिम विश्वविद्यालयको विकासका लागि सरकार सधै तयार रहेको बताए। त्यसैगरी विश्वविद्यालयका सहउपकुलपति तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले यहाँको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए। 

विद्यार्थीलाई विभिन्न पदक

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा विद्यार्थीहरुलाई विभिन्न पदकसमेत प्रदान गरिने छ। विश्वविद्यालयको चान्सलर पदक विश्वविद्यालयको केन्द्रीय क्याम्पसका चक्र देव जोशी, हरीना धामी र दीपकराज भट्टले पाएका छन्। त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत पल्लवी पनेरु,गोरख चन्द,आशा धामी र कस्तुरा भट्टले भाइस चान्सरल पदक पाएका छन्। त्यसैगरी विश्वविद्यालयको विभिन्न संकायमा अध्ययनरत २९ जना विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गरेका छन्।

जसमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका शेर बहादुर विष्ट, चक्र देव जोशी, प्रेम सिंह ऐरी, धन बहादुर जप्रेल, हरिना धामी, सीता विष्ट, दीपक राज भट्ट, पार्वती कुमारी धामी, सोहिता भट्ट, दीपेन्द्रराज बडू, शुसान्त सिंह सुनार, पल्लवी पनेरु, कुमारी विजया जोशी, गोरख चन्द, विनोद भट्ट, गणेश वहादुर धामी, महेश पुजारा, नरेश न्यौपाने, नीरा कुमारी जोशी, आशा धामी, राखी विष्ट, खगेन्द्र ठकुराठी, खगराज पनेरु, मन्दीप कुँवर, हीरा कलौनी, कस्तुरा भट्ट, कमला भट्ट, हिमाल पन्त, धन बहादुर बोहरा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.