नेपाली सिकाउन अमेरिका जाँदा...

नेपाली सिकाउन अमेरिका जाँदा...

संकल्प गरें, स्वदेश फर्केर निषेधित तीर्थस्थल सार्वजनिकीकरण गर्दाका पक्षधर तर्क संकल्पयुक्त वैचारिक चिन्तन आमसञ्चार माध्यममा पठाउने उद्यम ! यो तिनकै नैरन्तर्य ठान्छु। यस्तै तरखरले बल पुर्‍याउँदो छ, यो वृद्ध बैंसलाई।


२०२५ साल अर्थात् सन् १९६९। जतिबेला त्रिभुवन ग्राम तथा जिल्ला विकास विभागको राजपत्र अनंकित प्रथम श्रेणी (नायबसुब्बा) पदमा कर्मनिष्ठ थिएँ। त्यसताका देश ३५ जिल्लामा विभक्त थियो। तिनमा झन्डै झन्डै आधा–आधी जिल्लामा भारतीय र आधा–आधीमा अमेरिकी ब्लक डिभेलपमेन्ट (ग्रामीण विकास केन्द्रहरू) स्थापित थिए। सामान्य कर्मचारी प्रशासन शाखामा कार्यरत थिएँ।

संविधान, ऐन, नियमावली, मन्त्रालयका परिपत्र आदिलाई विशेष ध्यानमा राखी काम गर्थें। शाखा प्रमुख, डिभिजन प्रमुख र निर्देशक सबैका विश्वासपात्र बनेकोमा मन्त्रमुग्ध थिएँ। सायद कार्यालय प्रमुख हाकिमहरूका त्यस मानसिकताकै कारण भारतीय तथा अमेरिकी नियोग पक्षहरू अनुकम्पा राख्दो अनुभूति राख्दथें।

यस्तै यस्तै बीच एउटा अवसरले चिमोट्यो। यूएसएडका निर्देशक डा. जोन कुलकुल विभागीय प्रमुख (डाइरेक्टर) तारादेव भट्टराईज्यूसित भेट्न आउनु भएथ्यो। केही कामको सिलसिलामा डाइरेक्टरज्यूले मलाई बोलाउनुभयो। मेरो फाँटअन्तर्गत पर्ने केही विवरण तयार गर्न भन्नुभयो। ५/७ मिनेटमै दुरुस्त पारी प्रस्तुत गरें। काम गर्ने ढंग र क्षमताले अग्रजहरू प्रभावित हुँदा रैछन्, त्यो अनुभूति जीवनमा पहिलोपटक मलाई त्यहीँ भएथ्यो।

‘मंगले मंगले आफ्नै ढंगले।’ हाम्रा माझिएका उखानको मर्म बोध गरें। धन्य परमात्मा... ! मनमनै भनें। अमेरिकी शान्ति दूत (पिसकोर) बाट जवान युवकयुवती ग्रामीण तथा दुर्गम जिल्लाहरूमा काम गर्न खटाउनु पथ्र्यो। कर्मचारी प्रशासनकै थाप्लोको नाम्लो थियो त्यो जिम्मेवारी ! त्यसताकाको काम–कर्तव्य–अधिकारका बाँडफाँट व्यवस्थाबमोजिम राप अनंकित प्रथम श्रेणीका कर्मचारीको दायित्व थियो।
सक्षम भएर दत्तचित्त रही कर्मनिष्ठ रहनु निजामती कर्मचारी वर्गको दायित्व थियो, अझै छन्, हुन्। दृढ संकल्पित छु यस मामिलामा, अझै पनि। २०२५ सालको भूतले २०७९ को छचल्किँदो छलाङसित दाँज्ने हिम्मत गर्दैन। कहाँको विगतको इतिहास अनि कहाँको यो वर्तमान जगत् ‘ग्लोबल भिलेज’ ! वर्तमान जीवन्त श्वास प्रश्वास ! सञ्चार तथा सूचना–प्रविधिको फड्कोले बनाएको अत्याधुनिक वर्तमान।

सन्दर्भ, नेपाली राष्ट्रभाषा प्रशिक्षणको। विभाषी मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका युवकयुवतीहरूलाई। छचल्किँदो उमेर समूहका ! कोही त शान्त स्वभावका। स्वआफ्नो। आफ्नो भन्नु अन्तरालको। आफैंभित्र उब्जिएको स्वत्व। बुद्ध। मानिस आफूभित्रको स्वभाव। अरूले मूल्यांकन गर्ने आधारशिला। नेपाली भाषा शिक्षणले मभित्रको मैले नि प्रशिक्षित हुन पाउने अवसर पाएँ। अर्कालाई बिरानो भाषा सिकाउन आफैं प्रशिक्षित हुनुपर्दो रै’छ। यसो भन्नुको तात्पर्य सिकाउने प्रविधि सिक्नु।

भाषा प्रशिक्षणका संयोजक मिस्टर बिल हायन्सनले हामीहरू सबै १० जनाका समूहलाई स्पेनिस भाषाका छोटो–मीठो अभ्यास गराए। त्यसमा विभाषीलाई भाषा सिकाउने तौरतरिका (टेक्निक) समाहित थियो। जीवनको यो पहिलो मुहूर्तले प्रगाढ छाप लगायो। कालान्तरमा प्रशिक्षकको भूमिका निर्वाहक कार्यभार रोज्न मन पराएँ। २५–२६ वर्ष त ग्रामीण/स्थानीय विकास प्रशिक्षण केन्द्रहरूमा अनुरक्त रहें।
४० देखि ४५, ५०, ५५ र ६० वर्षका अमेरिकनलाई नेपाली पढाउनु थियो। केही त बुब्वा समानका थिए। त्यतिबेला म त्यस्तै ३२ वर्षे ठिटो हुँदो हुँ। त्यहाँ २५ जना विद्यार्थीलाई चार महिना नेपाली पढाउने अवसर थियो मलाई। तिनैलाई पछि नेपाल ल्याएर पिसकोरको काममा पोस्टिङ गरेका थियौं।

नेपाली हामीले ती अमेरिकी युवकयुवतीसित चौबिसैघण्टा नेपालीमै मात्र बोल्न पाइन्थ्यो। त्यसको निगरानी गर्ने के संयन्त्र छन्, तिनीहरूसित थाहा पाइनँ। इमानदारीपूर्वक हामी सबैले पालना गर्‍यौं। कुनै अवस्थामा शाब्दिक बुझाइमा कठिनाइ/व्यवधान पर्दा सांकेतिक हस्तमुद्राकै साधना गथ्र्यौं। सांकेतिक भाषा विश्वकै साझा अभिव्यक्ति बनेको छ।
पढाउँदा सिकाउनु पर्ने सरल भाषामा। शब्द, शब्द सिकाएँ। त्यही शब्द वा वाक्य अंग्रेजीमा भन्दा बुझ्थे तर त्यसरी भन्न मिल्दैनथियो। १० भनेपछि औंला भाँचेर सिकाएँ। एउटा हातको पाँच औंला अर्कोको पाँच औंला भाँचेर देखाउँदै सिकाएँ। १५ सिकाउँदा पुनः पहिलो हातका औंला गनेर पुर्‍याउँथें। नक्कली प्लास्टिकका सामान उपलब्ध थिए कक्षामा। जे जे छन्, तिनलाई यो गोलचक्का हो भनेर बुझाएँ, कुनैलाई के भनेर।
‘ला कमिचा’ भनेर मलाई उनीहरूले स्पेनिस भाषामा ‘कमिज’ सिकाएका थिए। मैले त्यसलाई आधार बनाएर सिकाएँ। ‘सेनियोर’ भनेको दाइ ‘सेनियोरिता’ भनेको दिदी रहेछ स्पेनिस भाषामा। त्यसरी नै सिकाएँ मैले पनि उनीहरूलाई। त्यसपछि नेपालीमा ढालें, मेरो दाजु/दाइ, मेरो भाइ। बूढीमान्छेको तस्बिर देखाएर आमा चिनाएँ भने बूढोमान्छेको तस्बिर देखाएर बुवा भनेर जानकारी गराएँ।

हिउँ परेका ठाउँ पुग्दा होस् वा समुद्री किनारमा पुग्दा, एकपटक ठट्टैठट्टामा नेपालीलाई अमेरिकनहरू किन गोरो भए भनेर लघुकथा लेखें र सुनाएँ अनि बुझाएँ। हँसाउँदै जिस्क्याएर भनेको थिएँ, हिउँ खाने भएर अमेरिकनहरू गोरो भएका हुन्। यस्तो अवस्थामा पनि नबुझ्ने कुरा चित्र वा तस्बिर देखाएर बुझाउने नै हो, विकल्प थिएन। सम्भवतः टिचिङ टेक्निक यस्तै प्रयोग गरेर चार महिना पूरा गरें। पढ्नेमा पाका महिला पनि थिए। क्रमशः साथीजस्तै भए सबै।

आफूसँग भएको जानकारी प्रभावकारी रूपले विद्यार्थीलाई प्रयोग गर्ने हो। उनीहरूलाई खान र बस्न निःशुल्क थियो। जीवन बिमा थियो त्यहाँ नेपाली सिक्नेलाई। अनि थियो, हजारौं डलर पनि। तिनका खातामा हालिदिन्थ्यो। सिक्नेमध्ये केहीलाई नेपाल आएको बेला घरमा खुवाएको र सुताएको छु। सुन ढोकामा उभ्याएर भक्तपुर दरबार क्षेत्रमा फोटो खिचिदिएको छु। सिक्नेहरू नै त्यहाँ आएका मान्छेलाई छानेर राखेका थिए।
पिस कोर भोलुन्टिर (स्वयंसेवक)मध्ये युवक जति एक समूह र युवती जति अर्को समूहमा विभक्त भई शयन कक्षमा सुत्नु पथ्र्यो। सुरुमा पाँच युवक र पाँच युवती भाषा प्रशिक्षणमा लगिएको मर्मबोध गरें। त्यत्रो भव्य क्यालिफोर्निया विश्वविद्यालयका डरमेटरीहरू छँदाछँदै नेपाली भाषा शिक्षण केन्द्र ग्रामीण परिवेशका क्याक्टस कर्नर रोजिएका थिए।

नेपाली भाषा प्रशिक्षणकै अन्तरालहरू पूर्वसमूहका नेपाल भोगी अनुभवी शान्ति स्वयंसेवकहरू आउँथे, बोलाइएको पाएँ। विशेषतः उहाँहरूले ग्रामीण र दूरदराजका जीवन रहन–सहनका चित्रहरू ओभरहेड प्रोजेक्टरका माध्यमबाट प्रक्षेपण गर्दथे। दयनीय जीवन व्यहोरिरहेका अवस्थाले तिनमा मानसिक तत्परताका मनोबल भर्दो हो ठानें। बालबालिका, पुरुष–महिलाहरू वनबुट्यान, नदी, ताल–तलैया, नदी किनार आछी (दिसा) गरिरहेकाहरूको यथार्थ अवस्था झल्काउँथ्यो। तथापि मलाई भने लाजमर्दो नेपाली जीवनयापन अवस्थाले भुतुक्क पारिराखेको हुन्थ्यो। मनमा अनेक तरंगहरू तरंगिन थाल्यो। तिनले क्यामेरामा कैद गरेका दृश्यावली प्रत्यक्ष नै हुन्।

हामीले विधर्मी भन्दै कहाँ पशुपतिनाथ, गुह्येश्वरी माई मन्दिर, तुलजा भवानी मन्दिर, मच्छेन्द्र बहाल, स्वयम्भू डाँडा प्रवेश गराएको हुँदो हो त असंख्य आयवृद्धिका साथ तिनकै छायांकन हुँदा हुन्। हाम्रै कट्टरपनाले उद्भव गरेका प्रतिकूल अवस्था भन्न साहस गरें। मनलाई तरल तरंगित पार्दै रह्यो।

संकल्प गरें, स्वदेश फर्केर निषेधित तीर्थस्थल सार्वजनिकीकरण गर्दाका पक्षधर तर्क संकल्पयुक्त वैचारिक चिन्तन आमसञ्चार माध्यममा पठाउने उद्यम... ! यो तिनकै नैरन्तर्य ठान्छु। लाग्छ ः यस्तै तरखरले बल पुर्‍याउँदो छ– झन्डै नौ दशक उन्मुख यो बैंसलाई।

त्यस समयका स्थितिमूलक झझल्काहरू स्मृतिपटमा तन्दुरुस्तै छन्। भाषा शिक्षण सहभागी नेपाली हामीले ती अमेरिकी युवकयुवतीसित चौबिसैघण्टा नेपालीमै मात्र बोल्न पाइन्थ्यो। त्यसको निगरानी गर्ने के संयन्त्र छन्, तिनीहरूसित थाहा पाइनँ। इमानदारीपूर्वक हामी सबैले पालना गर्‍यौं। कुनै अवस्थामा शाब्दिक बुझाइमा कठिनाइ/व्यवधान पर्दा सांकेतिक हस्तमुद्राकै साधना गथ्र्यौं। सांकेतिक भाषा विश्वकै साझा अभिव्यक्ति बनेको छ। प्रत्युत्पन्न मनस्थितिका स्रोत प्रकृति प्रदत्त गुण– स्वभाव बनेको छ सबै प्राणीकै।

नेपाली भाषा शिक्षण कार्य मात्र विभाषी चेतहरूमा प्रत्यारोपण गर्ने दायित्व होइन रै’छ। भाषा बोल्ने, लेख्ने अभ्यास एकसाथ हुनु उत्तम रहेछ। हामीले अंग्रेजी भाषा सिक्ने क्रममा पनि गर्दै गरेका अनुभूति रहेकै छ। त्यतिन्जेल आजको चाहनाभरिका उत्कण्ठा जागेको थिएन।

कक्षा सञ्चालनका सार्थक दृश्यहरू देखाउने, शयन कक्षका बंकबेडहरूसहितका दृश्य दिने फोटोहरू सञ्चित राखिएन। अहिले झसंगिन्छु। अन्नपूर्ण पोस्ट् दैनिक सञ्चारमाध्यमका संवेदनशील सद्भावुक महानुभावहरूका कारण सम्भव भएको यो रचना... ! अर्पन्छु आदरणीय पाठकवृन्दमा सहर्ष–सम्मान। जसोतसो आफ्नै फाइल– एल्बममा बचेखुचेका केही तत्कालीन फोटो चिनगारीहरू प्रस्तुत गर्ने जमर्को गरेको छु।

कार्यक्रम संयोजक श्री बिल हैन्सनले अचानक जिज्ञासा राख्नुभयो– सेक्रिमेन्टो पदार्पण गर्नेबित्तिकै कुन मनोरथ छ तपाईंको टोली नायक मिस्टर गोंग ? मैले त्यसबेला भनेको थिएँ– गोल्डेन गेट। किन र गोल्डेन गेट ? भनें कि हाइस्कुलको विद्यार्थी जीवनकालमा केही अमेरिकी पर्यटकहरूलाई भैरवप्रसाद शर्माले बताएथे– संसारभरि दुईटा गोल्डेन गेट छन्, एक यो, अर्को सानफ्रान्सिस्को– सान्फ्रान्सिस्कोमा। उसैबेलादेखिको उत्कण्ठाले गर्दा।

बिलले भने– त्यो त ब्रिज हो। नेपालको जस्तो सुनौलो ढोकै होइन। जिज्ञासा जाहेर गरें। किन र पुललाई सुनौलो ढोका भनेको ? ए, क्यानडाबाट ठूलठूला जहाजी बेडाहरू आउँछन्। तिनमा विशाल राशिका सामान अमेरिका भित्रिन्छन्। भन्सार रकम तिर्छन्। ती आय राशि सुन भएन र व्यञ्जनात्मक अर्थमा... ! चित्त बुझ्यो, मनैभरि – मनग्य। हामी नेपाली टोलीले गोल्डेन गेट पुल हेर्‍यौं। विशाल त्यो पुल यान्त्रिक तवरले छुट्ट्याउन सकिने रहेछ।
भाषा शिक्षण शिविर स्थल अत्यन्तै ग्रामीण वातावरणस्थल रहेछ। त्यहाँ स्नानागार, सामूहिक शौचालय, भोजनालय व्यवस्थित थिए। सामूहिक स्नानकक्ष महिला–पुरुषका अलगअलग निर्मित थिए। अन्डरवेयर (भित्री वस्त्र) लाएर नुहाउन लाग्दा एक सहभागीले जिज्ञासा राखे– तपाईंमा कुनै सरुवा रोग (कमन डिजिज) त छैन ? जिज्ञासा जगाएँ। भित्री वस्त्र फुकालेर धोएँ। अनुभवका बुटी रहे। यथार्थ विवरण।

रचना गर्भमा झूठमुठको बिउबिजन क्लेस रहनु छैन। सहीसलामत लेखन धर्म भनेकै आफैंसितको इमान धर्म त हो। झूटमुठको खेती होइन भन्छु। साक्रिमेन्टो क्यालिफोर्निया राज्यको राजधानी। क्याकटस कर्नर भने बलौटे ठाउँ रहेछ। त्यहाँ त अनेक प्रकारका काँडैकाँडा घारी रहेछ। त्यस्ता एकान्त कुनामा नेपाली भाषा शिक्षण केन्द्र बनाइनुको अभ्यन्तर त त्यहाँका कुनै पनि सहभागीहरू बिचलित नहोऊन् पो रहेछ। कुनै यातायात साधन बञ्चित राखिनुको कारण त विपश्यना केन्द्र संस्थापन जस्तै पो बुझें।

वास्तवमा गाडीहरू कसैलाई आकस्मिक रूप–अवस्थामा अस्पतालै पुर्‍याउनुपर्ने बेलाका लागि थियो। सामान्य रुघाखोकी र ज्वरो बेला अमेरिकी तन्नेरीहरू मजाले आइसक्रिम खाँदा रै’छन्। मैले खान उचित हुन्छ र ? जिज्ञासा राखें। गरम हुँदा यसले ठीक पार्छ भने। मनमनै आश्वस्त हुँदै आफैंसित भनें : मुण्ड मुण्ड विचार ; कुण्ड कुण्ड पानी !

यसरी सहबास गर्दा नयाँ नयाँ चेत खुल्दा रै’छन्। अनेकथरी जिज्ञासा जाग्दा रै’छन्। नेपाली सिक्न आएका एक लमतन्नेको नाम जर्ज एपलबम रहेछ। हुटहुटी लाग्यो बम बुझ्ने। जिज्ञासा तेर्साएँ। एपलबमको रहस्य ? भने कि एपल त स्याउ भए। बमको अर्थ बोटविरुवा (इटालियन भाषामा)। बम भनेको हाम्रोतिर भए बम महादेवको आराधना ध्वनि। बम भोलेनाथ। आकाश–जमिनको अन्तर। भाषिक वैविद्यका रहस्यमय अन्तर !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.