दाङमा एक युवतीमाथि सामूहिक बलात्कार
दाङ : दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ की २५ वर्षीया सुस्त मनस्थितिकी युवतीमाथि असार २ गते राति तुलसीपुर–९ दोघरेस्थित एक निर्माणाधीन घरमा चार जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
आरोपितमध्ये तुलसीपुर-९ दोघरेका २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन्। भने अन्यको खोजी भइरहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए।