भलिबल संघको अध्यक्षमा कार्की

भलिबल संघको अध्यक्षमा कार्की

धनकुटा : जिल्ला भलिबल संघ धनकुटाको १४ औं जिल्ला अधिवेशनले अध्यक्षमा पुनः गौरव कार्कीलाई चयन गरेको छ। शनिबार सम्पन्न संघको १४ औं जिल्ला अधिवेशनले अध्यक्ष कार्कीको अध्यक्षतामा १४ सदस्यीय नेतृत्व चयन गरेको हो। कार्की यसअघि पनि अध्यक्ष रहेका थिए।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोजकुमार राई प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा गणेश पाण्डे, दिनेशराज सुवेदी, महासचिवमा रविनकुमार लिम्बू, कोषाध्यक्षा अमृत राई, सदस्यहरुमा राष्ट्रमिला राई, जुनु राई, सुबन श्रेष्ठ, सुरज लिम्बू, पदम भट्टराई, सुबिन राई, विशेश्वर तिम्सिना, यम पौडेल, झमक श्रेष्ठ रहेका छन्।

त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा विनय राई, अमृत राई र केन्द्रीय प्रतिनिधिमा ऋषिराम पराजुलीलाई चयन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.