सगरमाथा क्षेत्रमा हिमाली ब्वाँसोको आतंक चुलिदै

सगरमाथा क्षेत्रमा हिमाली ब्वाँसोको आतंक चुलिदै

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतंक चुलिदै गएको छ। केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरहरूमा  हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्यांक अनुसार सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३२३ वटाभन्दा बढी घरपालुवा जनावर मारिएका छन्।

जसका लागि निकुञ्जले ९० लाख रूपैयाँभन्दा बढी क्षतिपूर्ति पशुपालक कृषकलाई प्रदान गरेको छ। नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको स्थानीयले बताएका छन्।

वार्षिक प्रतिवेदन अनुसार मारिएका ३२३ घरपालुवा जनावरमध्ये २३४ ब्वाँसोले मारेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताए। सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तुका हात्ती, गैंडा, भालु, बाघ, चितुवा, हिमचितुवा, बँदेल र अर्नाका कारण घरपालुवा वस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गरेको थियो।

सन् २०१५ मा सरकारले त्यो सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर थप गरेको थियो। हाल निकुञ्जले एउटा बन्यजन्तु ब्वाँसोले मारे बापत ३० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.