बाढीपहिरोले खाँदबारीमा एक घर पुर्यो, डेढ सय रोपनी खेतबारी पनि बगायो
सङ्खुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–६ लगातार वर्षासँगै आएको बाढीपहिरोका कारण एक घर पहिरोले पुरिएको र करिब डेढसय रोपनी खेतबारी बगाएको छ। गएराति खाँदबारी नगरपालिका–६ सागमका पर्वत राईको घर पहिरो र खेतबारी बगाएको खाँदबारी–६ का वडाध्यक्ष अर्जुन तामाङले बताए।
सागममा स्थानीयको घर पुरिए पनि मानविय क्षति नभएको वडाध्यक्ष तामाङले बताए। राईको परिवार भागेर घर छाडेर ज्यान जोगाएका छन्।
पहिरोबाट विस्थापित राईको परिवार परिवारलाई स्थानीय विद्यालयमा राखिएको तामाङले बताए। पहिरोबाट लप्सेका खिप्रीङलगायतको स्थानमा एक दर्जनभन्दा बढी घर जोखिममा परेको उनको भनाई छ।
पहिरोले बर्खे कल्छे, माल्टा, पांठालगायतका स्थानमा लगाइएको हिउँदे धानबालीसमेत बगाएको छ।