कञ्चनपुरमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थीत सुडामा बसले ठक्कर दिँदा साइकलमा सवार एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको बसले ठक्कर दिंदा स्थानीय की ३० वर्षीया विमला जोशीको मृत्यु भएको प्रहरीले बताएको छ। 

सडक पार गरिरहेको अवस्थामा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। बस चालक भीमदत्त नगरपालिकाको–७ का  ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। 

राजमार्ग क्षेत्रमा पटक-पकट चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्। प्रहरी सडक सुचारु गर्न प्रयास गरे पनि बस व्यवसायी समितिको मान्छे घटना स्थलमा नआएसम्म सडक अवरुद्ध गर्ने स्थानीयले बताएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.