बाराको पौडेल हत्या आरोपमा पक्राउ परेका १२ जना पूर्पक्षका लागि कारागार चलान

बाराको पौडेल हत्या आरोपमा पक्राउ परेका १२ जना पूर्पक्षका लागि कारागार चलान

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलका राकेश भक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि कारागार चलान गरेको छ। गत बैशाख २९ गते मृत अवस्थामा भेटिएका पौडेलको हत्या आरोपमा पक्राउ परेका १३ जनामध्ये १२ जनालाई कारागार चलान र एक नाबालिकलाई बाल सुधार पठाउने आदेश अदालतले दिएको हो। 

कारागार चलान हुनेमा जीतपुरसिमरा ६ का २६ वर्षीय सन्दिप थापा, ५० वर्षीय चित्रबहादुर क्षेत्री, २४ वर्षीय सुमन लामा, २६ वर्षीय राजु अधिकारी, २६ वर्षीय सुदिप घिमिरे, ५० वर्षीय दुर्गादेवी खत्री, ५० वर्षीय संते बछरा, वडा नं. ८ का ४२ वर्षीय खगेन्द्र रिजाल, वडा नं. ५ का ३५ वर्षीय उद्धव अधिकारी, वडा नं. ३ का अर्जुन चिमरिया, २६ वर्षीय सन्तोष खत्री र वडा नं. ३ का ३४ वर्षीय कुमार मगर रहेका छन्। 

कारागार चलान भएका मध्ये चिमरिया नेकपा माओवादी केन्द्रका मजदुर नेता हुन् भने क्षेत्री नेकपा माओवादी केन्द्रबाट जीतपुरसिमरा ६ को वडा सदस्यका उम्मेदवार हुन्। पौडेलको शव वडा सदस्य उम्मेदवार क्षेत्रीको घरमा भेटिएको थियो। 

स्थानीय चुनावको अघिल्लो रात भएको उक्त घटनाको अनुसन्धान गर्न सिआईबीको टोली समेत बारा आएको थियो। घटनापछि ईलाका प्रहरी कार्यालय सिमराले घटनाको समयमा उक्त घरमा रहेका सबैलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.