शिक्षकको माग गर्दै  विद्यालयमा विधार्थीहरुद्वारा तालाबन्दी

शिक्षकको माग गर्दै  विद्यालयमा विधार्थीहरुद्वारा तालाबन्दी

वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर स्थित भंगी साह उच्च माध्यमिक विद्यालयमा विधार्थीहरुले तालाबन्दी गरेका छन्। विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार विधाालयको मुल गेटमा तालाबन्दी गरेका हुन्। 

मावि तहमा दिनको ७ घण्टी पढाइ हुनु पर्नेमा मावि तहमा ४ जना मात्रै शिक्षक भएकाले पूरा घण्टी पढाइ नै नभएकाले शिक्षकहरुको माग गर्दै विधार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्। 

शिक्षकको पदपुर्तिको माग राखेर ७ दिनको अल्टिमेट दिदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आइतबाार विद्यालयमा तालाबन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत छात्र निरज ठाकुरले बताए। 

उनले भने ,‘ ७ घण्टी पढाइ हुनुपर्छ तर शिक्षक भने ४ जना मात्र हुनुहुन्छ , दिनहु ३ घण्टी पढाइ नै हुँदैन। 

नगरपालिका र वडामा नवनिर्वाचित जनप्रतिनिधि आए पनि उनीहरुले पनि विद्यालयको समस्या प्रति ध्यान नदिएको कक्षा १० मै अध्ययनरत अर्का छात्र निखिल गुप्ताले बताए। विद्यालयमा दबरन्दी अनुसारका शिक्षक नहुँदा विधार्थीको पठनपाठनमै असर परेपछि विधार्थीहरुले बाध्य भएर तालाबन्दी गरेको स्थानीय युवा कामोद निरालाले बतााए।  विद्यालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले पनि दरबन्दी अनुसारका शिक्षक नहुँदा समस्या भएको स्वीकारे। 

उनका अनुसार उच्च मावि र मावि तहमा गरी जम्मा ४ जना मात्र शिक्षक छन्। ती चारै जना शिक्षकले दिनको चार चार घण्टी पढाउने गरेका छन्। तर कुनै दिन कोहि शिक्षक अत्यावश्यक काम परेर विदामा बस्दा विधार्थीको पठनपाठन प्रभावित हुने गरेको प्रअ उपाध्यायले बताए। 

आइतबार शिक्षकको माग गर्दै विधाार्थीहरुले विद्यालयमा तालाबन्दी गरेको जानकारी दिंदै उनले समस्या सामधानका लागि सोमबार बिहान पालिकाका जनप्रतिनिधि, आन्दोलनरत विधार्थी र विद्यालय प्रशासनबीच छलफलका लागि बैठक बोलाइएको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.