सोलुखुम्बुको सल्लेरीमा इन्धनको मूल्यमा मनोमनी, ठगिदै उपभोक्ता
सोलुखुम्बु : सोलुखुम्बुको सल्लेरीमा दुधकोशी आयल स्टोर सल्लेरिले घटेको इन्धनको मुल्य कार्यान्वयनमा नल्याएको पाइएको छ।
असार ११ गते राति १२ बजेदेखि लागू हुनेगरी सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मुल्य घटाए पनि सल्लेरीमा भने पुरानै मुल्यमा इन्धन बिक्री गरिरहेको पाइएको हो ।
पम्पका कर्मचारी सोनाम शेर्पाले आफूहरुसँग स्टक तेल रहेकाले नघटेको बताए । स्टक सकिएपछि मात्रै घटेको मुल्य कार्यन्वयन हुने उनको भनाइ छ ।
मुख्य वृद्धि हुँदा तत्काल कार्यन्वयन हुने तर घट्दा चाहि किन नहुने भन्ने प्रश्नमा पम्पका कर्मचारी शेर्पाले स्टक भएकाले कार्यन्वयन नभएको जवाफ दिए ।
सरकारले देशभर मुल्य घटाएको ४ दिन बितिसके पनि सोलुमा भने उपभोक्ता ठगिएको सल्लेरिका दिलिप थापा मगरले गुनासो गरे ।
सदरमुकाम सल्लेरिमै उपभोक्ता ठगिदा समेत सम्बन्धित निकाय मुकदर्शक भनेको उनको गुनासो छ । प्रमुख जिल्ला अधिकारी अनिल खनालले यस विषयमा तत्काल छानबिन गरी आवश्यक कदम चाल्ने बताए ।