भारतमा एकैदिन थपिए १४ हजार बढी कोरोना सङ्क्रमित, ३० को मृत्यु
![भारतमा एकैदिन थपिए १४ हजार बढी कोरोना सङ्क्रमित, ३० को मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/coronamicrone_20220217064714_phPkkV8OjG.jpg)
नयाँ दिल्ली : भारतमा एकैदिन १४ हजार ५०६ जना कोरोना सङ्क्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टाको अवधिमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका हुन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, सोही अवधिमा कोरोना सङ्क्रमणबाट ३० जनाको मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २५ हजार ७७ जनाको मृत्यु भइसकेको छ।
हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा एघार हजार ५४७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ ।
कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)