मुस्ताङमा बोन गुम्बा

मुस्ताङमा बोन गुम्बा

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ पाक्लिङमा ४ तले शेन्तेन धाग्यालिङ बोन गुम्बा निर्माण सुरु भएको छ। आध्यात्मिक अध्ययन केन्द्र परियोजना अन्तर्गत सो गुम्बाको निर्माण हुन लागेको हो। गुम्बाको भ्याटसहित ११ करोड ५० लाख लागतको अमेरिकास्थित पोइन्ट आउट ग्रेड ओईल र अष्ट्रेलियास्थित ग्लोबल डेभेलपमेन्ट नामक संस्थाको संयुक्त साझेदार अनुदान सहयोगमा निर्माण कार्य अघि बढाइएको हो।

लोपोन्मुख बोन धर्मको संरक्षण, ध्यान केन्द्र, स्कुलिङ र पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको बोन गुम्बा निर्माणको जिम्मा मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले लिएको छ। गरिब तथा कठीन परिस्थितिका बालबालिका  र युवाका लागि शैक्षिक तथा साँस्कृतिक विकास गर्ने उद्देश्यले मुस्ताङमा यो संस्थाले काम गर्दै आइरहेको संस्थाका अध्यक्ष गेसे सोनामले बताए। 

गेसे सोनाम लामा बोन धर्मका अभियन्ता एवं गुरु हुन्। उनले बर्सेनि अमेरिका, क्यानडा, अष्ट्रेलिया र युरोपेली देशहरूमा पुगेर बोन धर्मको प्रशिक्षण र शिक्षा दिने गर्छन् भने उनले त्यहाँ बोन धर्मका अनुयायीहरूलाई योग अभ्यास गराउने गर्छन्। 

अमेरिकामा हुने विभिन्न बोनसम्बन्धी धार्मिक कार्यक्रममा संकलन भएको रकम अमेरिका र अष्ट्रेलियामा रहेको संस्थाको कोषमा संकलन हुने गर्छ। सोही कोषको रकम मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रको गुरुयोजना 
अनुसार गुम्बा निर्माणको काम थालनी गरिएको संस्थाका अध्यक्ष गेसे सोनामले बताए। 

मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र संस्थाले गत वर्ष वारागुङ मुक्तिक्षेत्र पाक्लिङमा १५ रोपनी जग्गा बोन गुम्बा निर्माण तथा बहुउद्देश्य पूर्वाधार निर्माण गर्न व्यक्तिको जग्गा संस्थाको नाममा खरिद गरेको थियो। संस्थाले पाक्लिङमा पूर्वाधार निर्माण गर्न २०७८ भदौ ६ गते १५ करोडको लागत खाँका प्रस्तुत गरेको थियो। यसका लागि पूर्वाधार निर्माणसँग जोडिएका विषयमा जिल्ला र स्थानीय तह स्तरीय परियोजनासम्बन्धी छलफल अन्तरक्रिया गरिएको थियो। छलफलमा स्थानीय प्रशासन, एक्याप, विद्युत्, सञ्चार, खानेपानी र स्थानीय सरोकारवाला निकायलाई यसबारे जानकारी गराएको थियो।

पाक्लिङमा निर्माणधीन गुम्बा पहिलो चरणको कार्यक्रममा समावेश गरिएको हो। दोस्रो चरणमा विद्यार्थीका लागि छात्रावास भवन र कक्षाकोठा निर्माण गरिनेछ भने तेस्रो तथा अन्तिम चरणमा मेडिकल क्लिनिक र लामा तथा अपागंतामैत्री आवास भवन ध्यान केन्द्र निर्माण गरिने संस्थाको प्रोजेक्ट इन्जिनियर सुदीप थकालीले बताए। 

पाक्लिङमा निर्माणाधीन बोन गुम्बाको काम गर्ने जिम्मा एमबी अमित जेभीले लिएका हो। सन् २०२२ को अप्रिल ११ तारिखमा सम्झौता भएको गुम्बा निर्माण सन् २०२४ को अप्रिलमा सक्ने लक्ष्य लिइएको इन्जिनियर थकालीले बताए। उनका अनुसार पहिलो चरणमा गुम्बा निर्माण गर्न सिभिल, इलेक्ट्रेकल, पम्लिङ र फायर फाइटिङलगायतको ठेक्का प्रक्रियाअघि बढेको छ। 

उनका अनुसार दोस्रो चरणमा काठको काम, फर्निचर र पेन्टिङको ठेक्का लगाइनेछ।  विदेशी अनुदानमा निर्माण भइरहेको बोन गुम्बा र त्यहाँ निर्माण हुने बहुउद्देश्य संरचनाका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले विस्तृत परियोजना प्रतिवेदन समाज कल्याण परिषद्मा पेस गर्नुपर्नेछ। त्यो स्वीकृत भएपछि मात्र विदेशी अनुदान निकासा हुन्छ। 

पाक्लिङमा बोन धर्मसम्बन्धी परियोजना पूर्वाधार निर्माण भइसकेपछि बहुउद्देश्य भवनमा शैक्षिक सुविधा उपलब्ध गराइने, सो क्षेत्र आसपास र दुर्गभ भेगका शैक्षिक सुविधाबाट वञ्चित बालबालिकालाई पठन÷पाठनको व्यवस्था मिलाउने जनाइएको छ। परियोजना सम्पन्न भएपछि १ सय विद्यार्थी र १ सय युवालाई शैक्षिक सुविधा उपलब्ध गराइने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.