बर्दियामा सामुदायिक बनमा झुन्डिएको अवस्थामा मृत भेटिएकी महिलाको आफन्त खोजिंदै

बर्दियामा सामुदायिक बनमा झुन्डिएको अवस्थामा मृत भेटिएकी महिलाको आफन्त खोजिंदै

गुलरिया : बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ स्थित जनचेतना सामुदायिक बनमा झुण्डिएको अवस्थामा फेला परेकी एक महिलाको पहिचान हुन नसक्दा प्रहरीले आफन्तको खोजी गरेको छ। जामुनको रुखमा सलको पासो लगाएर झुण्डिएकी महिलाको अनुहार नचिनिने भएकोले प्रहरीलाई सनाखत गर्न कठिनाई परेको हो।

    
नाम, थर, ठेगाना नखुलेकी अन्दाजी २४/२५ वर्षकी महिलाको पहिचान हुन नसकेपछि हुलिया सार्वजनिक गर्दै मृतकको आफन्त वा चिन्न सक्ने मानिस खोजी भैरहेको  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए। शुक्रबार सामुदायिक बनमा मृत भेटिएकी महिलाले करिव ५ दिनअघि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। गाढा रातो रंगको साधारण फित्ता भएको चप्पल झुण्डिएको ठाउँ नजिकै भेटिएको छ।
    
सेतो खैरो ठाडो धर्सा भएको रातो रंगको कुर्ता र हरियो सुरुवालमा मृतक फेला परेको डीएसपी सुवेदीले प्रष्ट्याए। जामुनको रुखमा सलले पासो लगाएको अवस्थामा शव छ। मृतकको अनुहारमा किरा परेको हुँदा अनुहार क्षतविक्षत भएकोले सनाखत गर्न कठिनाई परेको उनले बताएका छन्। मृतकको शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरियामा राखिएको जानकारी दिए। उनले मृतकको आफन्तको खोजीका लागि सहयोग गरिदिन मिडिया लगायत सबैलाई आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.