भैरहवालाई फूलैफूलको सहर बनाउने अभियान सुरु

भैरहवालाई फूलैफूलको सहर बनाउने अभियान सुरु

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)लाई फूलैफूलको सहर बनाउनका लागि वृक्षारोपण अभियान थालिएको छ।

सोमबार नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बेलहियामा वृक्ष रोपण गरेर अभियानको सुरुवात गरेका हुन्। मुलुकमा पैदलमार्ग हुदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका बेलहिया भएकोले अभियान थालनी नाकाबाटै गरिएको नगर प्रमुख खानले बताए।

उनले नगरलाई सफा, हरियाली र वातावरण मैत्री लगायत बनाउने उद्देश्यले वृक्षारोपणको अभियान थालिएको जनाए।

खान नगर प्रमुख पदमा निर्वाचित भएपछि उनले आफुले पाएको मतबराबर वृक्षारोपण गर्ने घोषणा गरेका थिए । उनले ९ हजार एक सय ३४ मत प्राप्त गरि विजयी भएका थिए ।

‘अभियान अन्तर्गत प्रथम चरणमा निर्वाचनमा प्राप्त मत बराबर वृक्षरोपण गर्छौँ,’ नगर प्रमुख खानले भने, ‘त्यसपछि नगर क्षेत्रमा क्रमशः ३२ हजार र ७४ हजार वृक्षरोपण गर्ने हाम्रो योजना छ।’

उनले वृक्षरोपण गर्ने अभियान निरन्तर चल्ने नगर क्षेत्रका खाली जग्गाभर विरुवा लगाइने जानकारी दिए। ‘जब सम्म भैरहवालाई हराभरा र फुलको सहरको रुपमा स्थापित गर्न सक्दैनौ तब सम्म यो अभियान जारी रहन्छ’ उनले भने।

उनले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउने निर्वाचन अघि प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुरुप वृक्षारोपण अभियानको सुरुवात गरिएको उनले बताए।

‘चुनावी अभियानको क्रममा नगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउने नगरवासीसगँ बाचा गरेको थिए, सोही अनुरुप यी सबै कामहरु गरिरहेको छु’ उनले भने, ‘तर योजना सफल बनाउनका लागि नगरवासीहरुको साथ र सहयोग पनि आवश्यक छ।’

नगरपालिकाले सुरुवात गरेको वृक्षारोपण अभियान स्वागत योग्द कदम रहेको तर रोपण गरेको वृक्षको संरक्षण निकै आवश्यक रहेकोले संरक्षणका लागि नगरपालिकाका साथै नगरवासीले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने सिद्धार्थनगर नगरपालिकाका राजु गुरुङले बताए।

नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्ध चोक लगायतका क्षेत्रलाई हरियाली बनाउने नगरपालिकाको योजना छ। जस अन्र्तगत नगरपालिकाले आन्तिरक गृहकार्य गरिरहेको छ।

नगर प्रमुख खानका अनुसार राजमार्गको दुवै किनार र बीच भाग (डिभाइडर) तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फुल÷रुखका विरुवाहरु लगाइने छ। सौन्दर्यकरण साथै स्वास्थ्यलाई फाइदा हुने खालका विरुवाहरु समेत लगाइने छन्।

गौतमबुद्घको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेको सिद्धार्थनगर हुदै हजारौँ पर्यटक लुम्बिनी जाने गर्छन्। हरियाली लगायतका योजनाहरु सम्पन्न पश्चात् नगरमा आउने आन्तरिक वा बाह्य पर्यटकहरुमा वृद्धि र बसाई लम्बिनेमा नगरपालिकाले विश्वास लिएको छ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले रोपिएका विरुवाहरुको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने बताइन्। उनले नगरवासीहरुको सहकार्यमा विरुवाहरुलाई संरक्षण गरिने बताइन्।

‘साझ बिहान नगरपालिकाले पानी हाल्नेछ,’ उनले भनिन्, ‘विरुवाको संरक्षणका लागि कर्मचारीहरु खटिनेछन् र संरक्षणका लागि सम्बन्धित स्थानको स्थानीयलाई पनि आग्रह गरेका छौं।' 

उनले स्वच्छ र हराभराले नगरवासीलाई धेरै राहत हुने र आउने आन्तिक तथा बाह्य पर्यटकहरु बसाई पनि लम्बिने विश्वास लिइएको उनले बताइन्।

नगरपालिकाले निति नै बनाएर अभियानको सुरुवात गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासीनीले बताए।

११औं नगरसभाले नगरलाई सफा, हरियाली र वातावरण मैत्री बनाउने भन्दै निर्णय गरेको र सोही निर्णय अनुसार अभियान सुरु गरिएको उनको भनाइ छ। उनले वृक्षारोपण गरेर मात्र नभई त्यसको संरक्षण पनि गरिने बताए। जसका लागि नगरपालिकाबाट विशेष औजार सहित कर्मचारी समेत खटाईने उनको भनाइ छ।

प्रथम चरणको वृक्षारोपण अभियानअन्तर्गत सोमबार तीन प्रजाति विरेन्द्र फुल, कपुर र राजवृक्षका ३ सय ५० वटा बिरुवा नगर क्षेत्रमा रोपिएको नगरपालिकाका योजना प्रमुख जीवन अर्यालले बताए। उनले सुरुवात तीन प्रजातिका विरुवाबाट भएपनि क्रमशः अन्य प्रजातिका विरुवाहरु समेत लगाइने बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.