डोटी खेलकुद विकास समितिको अध्यक्षमा शाही

डोटी खेलकुद विकास समितिको अध्यक्षमा शाही

डोटी : खेलकुद विकास समिति डोटीको अध्यक्षमा प्रकाश शाही नियुक्त भएका छन्। अध्यक्ष शाहीले एक कार्यक्रमका बिच खेलकुद विकास समिति डोटीको कार्यालयमा पदभार ग्रहण गरेका छन्। यसअघि आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द राज बोहराले मन्त्रालयमै अध्यक्ष शाहीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए।

शाही लामो समय फुटबलमा आबद्ध रहँदै आएका थिए। उनी नेपाली कांग्रेसको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन्। बिगतका वर्षमा डोटी खेलकुद समितिमा नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रको कोटाबाट अध्यक्ष हुँदै आएका थिए। करिब २५-३० वर्षपछि नेपाली कांग्रेसको कोटाबाट शाही अध्यक्ष बनेका हुन्।

पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले डोटीको खेलकुदको विकासका लागि आफू हरदम लागिरहने बताए। ‘हामी नेतृत्वमा आएपछि कुनै पनि पार्टी भनेर लाग्नु हुँदैन’, शाहीले भने, 'खेलकुदको विकासका लागि सबैसँग समन्वय गरेर, सबैको सल्लाह अनुसार नै अगाडि बढ्ने छु।’

खेलकुदलाई उचाइईमा लैजान जस्तोसुकै सहयोग गर्न तयार रहेको शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरले बताए। खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष नरेश मलासीले डोटीमा खेलकुलको विकासका लागि नयाँ अध्यक्षसँगै काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.