माओवादी केन्द्रीय कमिटीको बैठक आज, आफू अनुकूलका पदाधिकारी छनोट गर्दै प्रचण्ड

माओवादी केन्द्रीय कमिटीको बैठक आज, आफू अनुकूलका पदाधिकारी छनोट गर्दै प्रचण्ड

काठमाडौं : आफ्नो अनुकूलका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो छनोट गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुटेका छन्। महाधिवेशन भएको झन्डै सात महिनापछि बिहीबार प्रचण्डले पार्टीलाई पूर्णता दिन लागेका छन्। मंगलबार खुमलटारमा बसेको पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठकले पार्टी कार्यविभाजनको जिम्मा प्रचण्डलाई दिइएको थियो।

पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा बजेटसम्बन्धी विवादमा मुछिएपछि मंगलबार र बुधबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको थियो। पार्टी अध्यक्ष  प्रचण्ड अर्थमन्त्रीको विवाद मिलाउनतिर लागेपछि केन्द्रीय समितिको बैठक लम्बिएको माओवादी नेता प्रह्लाद बुढाथोकीले बताए। आइतबारदेखि काठमाडौंमा माओवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको थियो।

नेता बुढाथोकीका अनुसार बुधबार संसद्मा अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए। सात महिनादेखि रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोलाई पूर्णता दिएर मात्रै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने कार्यसूची रहेको नेता बुढाथोकीले बताए। सात महिनादेखि पार्टी अध्यक्ष प्रचण्डले एक्लै कार्यसम्पादन गरिरहेका छन्। त्यसले पार्टीको संगठनले ठोस काम गर्न नसकेको अर्का नेता प्रकाश पोखरेलले बताए। 

‘पार्टीमा रिक्त रहेका पदमा नेता छनोट गरेर पार्टी अध्यक्षलाई केन्द्रीय समितिको बैठकमा प्रस्ताव गर्न जिम्मा दिइएको छ। बिहीबार बस्ने बैठकमा अध्यक्षले प्रस्ताव गर्नुहुन्छ। त्यसमा केन्द्रीय समितिका सदस्यहरूले छलफल, विरोध, आलोचना, सहमति के गर्छन्, उहाँहरूको कुरो रहन्छ’, नेता पोखरेलले भने, ‘अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभयो। त्यसले पार्टी बैठकमा अब केही असर पर्दैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.