स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

मलंगवा : सर्लाहीको त्रिभुवननगर नाकाबाट ५ लाख नेपाली रुपैयाँ लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

भारतको सोनवर्षाबाट स्रोत नखुलेको पैसा लिएर आउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ गरिएको सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाले जानकारी दिए।

बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा ५ लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरिएको हो।

बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ।

बरामद गरिएको पैसा, समान र मोटरसाइकलसहित अन्दाजी ६ लाख ६ हजार ८ सय भन्सार मूल्य कायम गरी अवधेशलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.