लेखा समिति सभापति  माग्दै बैठक बहिष्कार

लेखा समिति सभापति  माग्दै बैठक बहिष्कार

काठमाडौं : सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने अडान राख्दै आएको नेकपा एमालेले लेखा समिति बहिष्कार गरेको छ। प्रमुख प्रतिपक्षी दललाई समितिको नेतृत्व दिनुपर्नेमा हालसम्म नदिएको भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठक बहिष्कार गरेको बताए। 

‘जसले सार्वजनिक खर्च गर्छ उसले नै हेर्ने परिपाटी राम्रो होइन। जब एमालेले सरकारको नेतृत्व गरेको समयमा हामीले समिति छोडेका थियौं। समितिले प्रतिपक्षीलाई जिम्मा पाउनुपर्छ भनेका हौं,’ उनले भने।  सार्वजनिक लेखा र महालेखा परीक्षकको प्रतिवेदन हेर्ने जिम्मेवारी प्रतिपक्षको हुने भएकोले संसदीय परम्परा भएका मुलुकहरूमा सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने प्रचलन रहे पनि सत्तापक्षले नछाडेको उनको आरोप छ। 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति पद प्रतिपक्षीले लिने संसदीय परम्परा छ। तर, सरकार परिवर्तन भएको महिनौंसम्म पनि सतापक्षका भरतकुमार शाह समिति सभापति छोडेका छैनन्। प्रतिपक्षी एमालेले यो विषय उठाउँदै आए पनि नेतृत्व फेरिएको छैन।  सचेतक भट्टराई प्रतिपक्षलाई छोड्नुपर्नेमा समितिमा सत्तापक्षले निरंकुश शैली देखाएको बताउँछन्। 

‘हामीले पटक–पटक समितिमा कुरा उठाउँदै आएका छौं। सभामुखसँगको भेटमा  पनि कुरा राखेका छांै,’ नेता भट्टराई भन्छन्, ‘उनीहरू लोकतन्त्रमा विश्वास गर्छौं भन्छन् तर जिम्मेवारी दिँदैनन्। यो निरंकुश शैली हो। खर्च प्रणालीमाथि प्रश्न उठ्छ। भण्डाफोर हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.