आमाको नामबाट ५ जनालाई नागरिकता
धनकुटा : आमाको नामबाट ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका–७ का नरेश तामाङ, ओम तामाङ, र गणेश तामाङले पाएका छन्। उनीहरूले आमा तारा तामाङको नामबाट वंशजको आधारमा नागरिकता पाएका हुन्।
यस्तै, छथरजोरपाटी गाउँपालिका–५ की गौरी लिम्बूले पनि आमा दिलमाया लिम्बूको नामबाट वंशजका आधारमा नागरिकता पाएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए।
कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा छ। तर, पनि धनकुटा प्रशासनले उनीहरूलाई नागरिकता दिन इन्कार गरेको थियो।
नागरिकता नपाएपछि तामाङले जिल्ला प्रशासन कार्यालय धनकुटालाई विपक्षी बनाएर उच्च अदालत विराटनगर धनकुटा इजलासमा २०७८ चैत १४ गते रिट र गौरीले २०७८ चैत १६ गते रिट दायर गरेका थिए। अदालतले दुवै रिटको २०७८ असार २१ गते जिल्ला प्रशासन कार्यालय धनकुटाका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो। आमाको नामबाट नागरिकता पाउँदा खुसी लागेको नरेश तामाङले बताए।
प्रतिक्रिया दिनुहोस !