जसपा फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री राउत

जसपा फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री राउत

वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई समाप्त पार्ने योजनाअन्तर्गत जसपा फुटाउने षडयन्त्र भइरहेको बताएका छन्।

बुधबारदेखि वीरगन्जमा सुरु भएको जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मुख्यमन्त्री राउतले संघीयतालाई मन नपराउने तत्वहरूले जसपा फुटाउने षडयन्त्र गरिरहेको बताए।

उनले भने,' बाहिर हेर्दा संघीयतालाई स्वीकार गरेको देखिए पनि व्यवहारमा भने संघीयतालाई मन नपराउने कांग्रेस र कम्युनिस्टले नै अहिले जसपालाई फुटाएर संघीयता समाप्त पार्न संस्थागत रुपमै लागेका छन्।'

पहिचान, समावेशी र संघीयताको जननी जसपा भएकाले जसपालाई कमजोर पारे मात्र संघीयता कमजोर हुने योजनामा कांग्रेस र कम्युनिष्टहरु लागेको उनको आरोप  छ।

त्यसैले संघीयता र अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी जोगाउनका लागि पनि जसपा फुट हुनबाट जोगाउनुपर्ने अन्यथा जसपा फुटे त्यो देशकै लागि दुर्भाग्य हुने उनले बताए।
 
यो बैठक नै पार्टीको आधिकारिक बैठक रहेको दाबी उनले गरे ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.