जसपामा यादव पक्षद्वारा भट्टराईलाई कारबाही

जसपामा यादव पक्षद्वारा भट्टराईलाई कारबाही

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित ९ नेताहरूलाई कारबाही गरेको छ। वीरगन्जमा बुधबारदेखि बिहीबार साँझसम्म अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठक बसेको थियो। 

उक्त बैठकले भट्टराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरू महेन्द्रराय यादव , हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो।

पार्टी विरोधी गतिविधिमा लागेको भन्दै भट्टराई र उनको पक्षमा लागेका गरी ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई कारबाही गरी पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए। तर, यसको औपचारिक निर्णय भने जसपाले सार्वजनिक गरेको छैन। 

अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरू  शुक्रबार (आज) बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री प्रदीप यादवले बताए।  उनले भने, ‘२ दिनको बैठकले निकै कठोर र महत्त्वपूर्ण निर्णयहरू गरेको छ।  शुक्रबार वीरगन्जमै शीर्ष नेताहरूले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ।’

जसपाले संघीय परिषद् अध्यक्ष भट्टराईलाई पद मुक्त गरी सोही पदमा अशोक राईलाई मनोनित गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.