रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कोभिडविरुद्ध पूर्ण खोप घोषणा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कोभिडविरुद्ध पूर्ण खोप घोषणा

भैरहवा: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ।

बिहीबार भैरहवामा आयोजित कार्यक्रममा नगरलाई पूर्ण खोप घोषणा गरिएको हो। 

जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चपाईले कार्यबाहक नगर प्रमुख उमा अधिकारीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गरे।

नगरभित्रका १२ वर्षभन्दा माथिका सबै नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको कार्यबाहक नगर प्रमुख अधिकारीले बताइन्। 

उनका अनुसार १२ वर्ष माथिका ६२ हजार १ सय ५६ जनसंख्या रहेकामा ६२ हजार ९ सय ७५ जनाले पूर्ण मात्राको खोप लगाएका छन्।

प्रहरी तथा अन्य जिल्लाबाट नगरभित्र बसोबास गर्ने नागरिकले पनि खोप लगाएकाले लक्षित वर्गभन्दा धेरैले खोप लगाएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाले ५ वर्ष माथिका बालबालिकालाई पहिलो मात्राको खोप लगाइसकेको जनाएको छ। 

यस्तै, दोस्रो मात्रामो खोप लगाउने प्रक्रिया अघि बढिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए। 

उनले कार्यक्रममा कोभिडविरुद्ध पूर्ण खोपको प्रतिवेदन प्रस्तुत गरे।

नगरपालिकाले महामारी रोकथामका लागि भन्दै नेपाल-भारत सीमा नाका बेलहियामा विगतदेखि नै हेल्थ डेस्क राखेर नियनमित एन्टिजेन परीक्षण गर्दै आइरहेको छ। 

स्वास्थ्य शाखा प्रमुख गितादेवी न्यौपाने पोखरेलका अनुसार हालसम्म उक्त हेल्थडेस्कबाट ७७ हजार ८ सय ४ जनाको एन्टिजेन परीक्षण गरिएको छ। यसमध्ये १ हजार ५ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ। 

९ हजार ७ सय ४३ जनाको पीसीआर परीक्षण गरेकामा १ हजार ३ सय ४२ जनामा पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ।

हेल्थडेस्कमा परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई आइसोलेसन सेन्टरमा होल्ड गरी विभिन्न संघसंस्थाको समन्वयमा सम्बन्धित ठाउँमा पुर्‍याउने गरिएको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताए।

कार्यक्रममा समन्वय समिति सभापति चपाईले महामारीको समयमा नगरपालिकाले गरेको काम प्रशंसनीय रहेको जनाए। उनले कोरोनाको जोखिम अझै रहेकाले सचेत रहन आग्रह गरे।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाले महामारीमा खटिएका नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका, चालक, सरसफाईकर्मी, सुरक्षा निकाय, विभिन्न संघसंस्थाहरु, अस्पताल लगायत १८२ जनालाई दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको थियो।

उपप्रमुख एवं कार्यबाहक नगर प्रमुख अधिकारीले कोरोना महामारीको समय सम्झिएर भावह्विल बनिन्। 

कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि रातदिन अग्रपंक्तिमा खटिएर काम गरेका नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायथ सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.