कान्तीबाल अस्पतालको सेवा विस्तार
काठमाडौंः कान्तीबाल अस्पतालको डेण्टल विभागमा सेवा विस्तार भएको छ ।
दन्त्य चिकित्सा विभागले बालबालिका तथा किशोरकिशोरिमा हुने मुख तथा दाँतको समस्याको लागि केन्द्रीय प्रेषण विभागको रुपमा काम गर्दै आएको छ ।
यो विभागमा अत्याधुनिक इलेक्ट्रिकल डेण्टल चेयर, अत्याधुनिक प्रवृत्तिको आरभीजी एक्सरे सेवा पनि विस्तार भएको छ ।
कार्यक्रममा कान्तीबाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले कान्तीबाल अस्पातलमा डेण्टल विधाका विभिन्न विशेषज्ञहरु रहेकाले सम्पूर्ण विशेषज्ञ सेवा विस्तार गर्न क्रमिक प्रयास गर्ने बताए ।
हाल कान्तीबाल अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट डेन्टल सर्जन ( प्रोस्थोडोन्टिस्ट ), पेरियोडोन्टिस्ट , अर्थोडोन्टिस्ट , पेडियाट्रिक डेण्टिस्ट्, इण्डोडोन्टिस्ट विषयका विशेषज्ञ चिकित्सक र डेन्टल सर्जनहरु कार्यरत छन् ।