काँकडभिट्टामा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा : झापाको मेचीनगर-६ स्थित काँकडभिट्टाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा इलाम जिल्ला फाकफोकथुम-१ का २७ वर्षीय प्रकाश गुरुङ र पाँचथर जिल्ला फिदिम नगरपालिका-८ का २१ वर्षीय लक्षुमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट चेकजाँचमा खटिएका प्रहरी टोलीले सोमबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट १४ ग्राम ब्राउन सुगर बरामद गरेको हो।
ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।