जिसस बाजुरामा एमालेको एकल उम्मेदवारी
बाजुरा : जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ। जिल्लाका ९ वटा पालिका बुढीगंगा, बडिमालिका नगरपालिका, गौमुल, जगन्नाथ गाउपालिकामा गरी ४ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ। त्रिवेणी नगरपालका, स्वामीकार्तिक खापर गाउपालिका गरी २ वटा पालिकामा प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको छ।
खप्तड छेडेदह गाउपालिकामा अध्यक्ष नेकपा एमालेले जितेको छ भने उपाध्यक्ष नेपाली कांग्रसले जितेको छ। त्यस्तै हिमाली गाउपालिकामा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने उपाध्यक्ष नेकपा एमालेले जितेको छ।
बुढीनन्दा नगरपालका प्रमुख नेकपा एमालेले जितेको छ भने उपप्रमुखमा स्वातन्त्र उम्मेदवारले जितेको छ। स्वातन्त्र उम्मेदवारलाई नेकपा एमालको समर्थनमा जितेको छ। स्वतन्त्र उम्मेदवारको नेकपा एमालेलाई समर्थन रहेको छ।
जम्मा १८ जनामध्ये १२ जना एमालेको पक्षमा र ६ जना नेपाली कांगेस पक्षका छन्। नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको छ।
साउन ५ गते दिउसो १ बजेसम्म मनोनय दर्ताको समय तालिका बनाएको भएपछि नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको र नेपाली कांग्रेसले उम्मेदवारी नै नदिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद घिमिरेले बताए।
नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछी सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्ब देवी विकले उम्मेदारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये ८ वटामा असार २३ गते पहिले नै निर्वाचन सम्पन्न गरिएको छ। बुढीगंगा नगरपालिकाको स्थानिय निर्वाचन असार २३ गते सम्पन्नपश्चात् असार ३२ गते कार्यपालिकाको निर्वाचन सम्पन्न भएको पत्र प्राप्तपछि साउन २ गते जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको थियो। साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन निर्वाचन हुने कार्यतालिका छ।