स्रोत नखुलेको १७ लाख रुपैयाँ र लागुऔषधसहित युवक पक्राउ

स्रोत नखुलेको १७ लाख रुपैयाँ र लागुऔषधसहित युवक पक्राउ

मलंगवा : लागुऔषध हेरोइन र स्रोत नखुलेको १७ लाखभन्दा बढी रुपैयाँसहित सर्लाहीबाट सशस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. १० का २३ वर्षीय सुमन विक रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले जनाएको छ। पक्राउ परेका युवकको साथबाट ५.२७० ग्राम लागुऔषध हेरोइन र स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीका सर्लाही प्रहरी उपरीक्षक भरत खानियाले जानकारी दिए।

प्रदेश २-००६ प ३४५१ नम्बरको मोटरसाइकलमा सबार भई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा बिष्णु गाउँपालिका वडा नं. १ बाराउधोरण नाकाबाट विकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खानियाले बताए।

युवकको साथबाट प्रहरीले ३ थान मोबाइलसमेत बरामद गरेको छ। शंका लागेपछि चेकजाँच गर्दा युवकको साथबाट लागुऔषध हेरोइन र पैसा बरामद भएको खानियाले बताए।

पक्राउ परेका विक, मोटरसाइकल र लागुऔषधलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ। बरामद गरिएको पैसालाई जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खानियाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.