पूर्वी नाकामा हात्तीको उपद्रो बढेपछि पाँच दलले बुझाए नगरपालिकालाई ज्ञापनपत्र

पूर्वी नाकामा हात्तीको उपद्रो बढेपछि पाँच दलले बुझाए नगरपालिकालाई ज्ञापनपत्र

झापा : झापाको मेचीनगर क्षेत्रमा दिनहुँ जसो भारतबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीले दुःख दिइरहेको छ। 

हात्तीको उपद्रो रोकथाम तथा नियन्त्रणको माग गर्दै स्थानीय पाँच राजनीतिक दलले बिहीबार मेचीनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। 

नेपाली कांग्रेसका नगर सभापति सवेश कुमार पनेरु, नेकपा (माओवादी केन्द्र) का नगर सहइञ्चार्ज प्रकाश खडका, जसपाका क्षेत्रीय सचिव विमलदेव काफले राप्रपाका प्रदेश सदस्य रमेश दाहाल र नेकपा (समाजवादी) का नगर सचिव  हरिप्रसाद तिम्सिनाले हस्ताक्षर गरेको सो ज्ञापनपत्र नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई बुझाएका हुन्। 

मेचीनगरका १५ वटा वडामध्ये १, २, ३, ४, ५, ९, ११ र १२ वडाहरू हात्ती प्रभावित क्षेत्र हो। 

भारतबाट सयौँको सङ्ख्यामा आउने हुलकाहुल हात्तीका कारण साबिकको बाहुण्डाँगी गाविस क्षेत्र अत्यन्तै पीडित र आक्रान्त बनेको थियो। 

यही परिपेक्ष्यमा मध्यनजर गरी विश्व बैङ्कको लगानीमा मेचीनगरको १ पाटापुर देखि मेचीनगर ६ स्थित काँकडभिट्टासम्मको १८ किलोमिटर लम्बाइमा सौर्य तारबारको निर्माणले भारतबाट आउने हन्जा हात्ती नियन्त्रण भएपछि यहाँका स्थानीय बासिन्दाहरूले सुखद अनुभूति गरेका थिए। 

सौर्य तारबार हुँदाहुँदै समेत केही दिन देखि पुनः हात्तीको बथान प्रवेश गरी बालीनाली र घर टहराहरू भत्काउन थालेपछि स्थानीय चिन्तित बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। 

'१९५० सालको सेरोफेरोदेखि मानव बस्तीको रुपमा रहेको बाहुण्डाँगी क्षेत्रलाई विगतमा यो हात्ती कोरिडोर क्षेत्र थियो भन्ने कपोकल्पित, निराधार र केही निजी स्वार्थमा खेल्न रमाउने असामाजिक तत्त्वहरूको प्रायोजनले बाहुनडाँगी बसोबासको भाष्य निर्माण गरी प्रचारबाजी गर्ने दुष्प्रयास विगत केही दिनहरूबाट देखि रहेका छौँ। 

भारततर्फबाट आउने हात्तीहरू सिलिगुडीस्थित महानन्द वन्यजन्तु आरक्षण केन्द्रका हात्तीहरू हुन। 

महानन्द वन्यजन्तु आरक्षण केन्द्रले आफ्नो आरक्षण क्षेत्रको परिधि र सीमालाई व्यवस्थित गर्ने नसकेको कारण त्यहाँका हात्तीहरू आहाराको खोजीमा निस्केर मानव बस्ती तर्फ आउने गरेकाले हाम्रो लागि ठुलो चुनौती र समस्या बन्न पुग्यो। 

जंगली हात्तीलाई कोरिडोर निर्माण गरेर नेपाल भित्राउँदा हामीले भोग्नुपर्ने क्षति र विकराल अवस्थालाई मध्यनजर गरी नगरपालिकाको नीति तथा कार्यक्रमबाट कोरिडोर निर्माणको कुरालाई हटाई सौर्य तारबारको मर्मत सम्भार, दिगो संरक्षण र स्थायी तटबन्धको उपायहरू अवलम्बन गर्न जोडदार माग गर्दछौँ,' ज्ञापन पत्रमा भनिएको छ। 

विगत केही वर्ष यता यस मेचीनगर क्षेत्रको नदजन्य पदार्थ ढुङ्गा गिटी, बालुवाको अनुचित दोहनले किसानहरूको कुलो पैनीहरूमा पानी सञ्चालन गर्न नसकिने, नदी कटानको समस्या बढ्दै जाने र पानीको श्रोत गहिरिने वा सुक्ने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन्। 

त्यसैले नदीजन्य पदार्थ उत्खननका लागि प्रयोग गर्न अनुमति दिने यान्त्रिक उपकरणको बारेमा पुनर्विचार गरी ठेक्का लगाउन नगरपालिकाको ध्यानाकर्षण गराएको समाजवादीका नगर सचिव तिम्सिनाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.