काल बन्यो पोखरी : नुहाउन पसेका भक्तबहादुर फर्केनन्

काल बन्यो पोखरी :  नुहाउन पसेका भक्तबहादुर फर्केनन्
पोखरीमा डुबेर बेपत्ता भएका भक्तबहादुरको खोजीका लागि परिचालित गोताखोर टोली । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको लेटाङमा पानी जम्मा गर्न सामुदायिक वनभित्र बनाइएको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ मा रहेको गारापानी सामुदायिक वनभित्रको अन्दाजी १२/१५ फिट गहिराइ भएको राजा–रानी पोखरीमा डुबेर केराबारी गाउँपालिका–९ का ५९ वर्षीय भक्तबहादुर लिम्बूको मृत्यु भएको हो । 

पानीको संकट टार्नका लागि स्थानीय उपभोक्ताले वनभित्रको जमिनमा पोखरी बनाएर पानी जम्मा गर्दै आएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पत्नी विष्णुमाया लिम्बूसँगै रहेका भक्तबहादुर नुहाउन भनी कपडा खोलेर आइतबार साँझ ५:४० बजेतिर पोखरीमा पसेका थिए । 

निक्कै बेरसम्म पोखरीबाट बाहिर ननिस्किएपछि खोजी सुरु गरिएको थियो । पोखरीमा डुबेर पति बेपत्ता भएको जानकारी विष्णुमायाले स्थानीय र प्रहरीलाई गराएकी थिइन् । घटनाको जानकारी पाउनसाथ भक्तबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्सपेक्टर भीमलाल ओलीको नेतृत्वमा टोली खटिएको थियो । 

स्थानीयको सहयोग लिएर प्रहरीले निक्कै बेरसम्म खोजी गर्दा पनि भक्तबहादुर फेला नपरेपछि नेपाल र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोली परिचालन गरिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार खोजी गर्ने क्रममा गोताखोर टोलीले राति ९ बजेतिर भक्तबहादुरको शव फेला पारेर पोखरीबाट बाहिर निकालेको हो । 

टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको उनले बताए । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । भक्तबहादुरकी पत्नी विष्णुमाया भने सकुशल रहेको जानकारी डीएसपी बस्नेतले दिए । इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.