विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल
काठमाडौंः नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षामा १४९ जना चिकित्सक अनुत्तिर्ण भएका छन् ।
काउन्सिलले गत साउन ७ गते शनिबार सञ्चालन गरेको २३ औं विशेष परीक्षामा १४९ जना अनुत्तिर्ण भएका हुन्।
यस्तै, ४७४ जना परीक्षार्थीहरु सहभागी भएकोमा ३२५ जना उत्तिर्ण भएका छन् ।
गत माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तिर्ण भएका थिए ।
विशेषज्ञ दर्ता प्रमाणपत्र वितरणका लागि परीक्षमा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दरखस्त परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने हुनाले प्रमाणपत्र लिनका लागि तोकिएका सबै प्रमाणपत्रहरू सहित सम्बन्धित परीक्षार्थी स्वयं उपस्थित हुनुपर्नेछ ।
काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा परीक्षा भएको थियो ।