थप ५६८ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमितको संख्या ३५ सय नाघ्यो

थप ५६८ जनामा कोरोना पुष्टि,सक्रिय संक्रमितको संख्या ३५ सय नाघ्यो

काठमाडौं : थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ।

पछिल्लो २४ घन्टामा परीक्षण भएका  ४८०० नमूनामध्ये ५६८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४५३ र एन्टिजेनबाट ११५ जनामा संक्रमण पुष्टि भएको हो।

आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ६३ हजार ३७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका  छन्।

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले अनिवार्य मास्क लगाउन,भौतिक दुरी कायम गर्न र सरसफाईमा विशेष ध्यान आग्रह गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.