गाउँमै सामाजिक सुरक्षा भत्ता

गाउँमै सामाजिक सुरक्षा भत्ता

बैतडी : बैतडीको मेलौली नगरपालिकामा गाउँमै  पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ। मेलौलीमा रहेको एनसीसी बैंकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरूले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका हुन्।  

भौगोलिक बिकटता र वर्षादको समयमा बैंकमा पुगेर भत्ता लिन असहज हुने भएकाले गाउँमै पुगेर भत्ता दिने व्यवस्था मिलाइएको मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दले जानकारी दिए। कार्यपालिकाबाट समेत टोलमै गएर भत्ता वितरण गर्ने निर्णय गरिएको र सोहीअनुरूप टोलमै पुगेर भत्ता दिन लागिएको उनले बताए। 

'वृद्धवृद्धा, असक्त, अपाङ्गहरूलाई भत्ता लिन असहज भयो। त्यसैले कार्यपालिकाबाट निर्णय गरेर नागरिक सहजताका लागि गाउँमै भत्ता वितरण गरीरहेका छौ,' नगर प्रमुख चन्दले भने। 

गाउँमा नै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम भदौ ३ गतेसम्म जारी रहने नगर प्रमुख चन्दले बताए। नौवटै वडाका सबै टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणमा सहज वातावरण सिर्जना गरिने उनले बताए। 

आज बुधबार वडा नं १ र ३ का टोलहरूमा भत्ता वितरण गरिएको थियो। गाउँमै भत्ता प्राप्त गरेपछि सेवाग्राही खुसी भएका छन्। 

बैतडीका अधिकांश ठाउँमा वृद्धवृद्धा र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गहरूका लागि बैंकिङ प्रणाली असहज भइरहेको छ। भौगोलिक विकटता, यातायातको असुविधाका कारण असहज हुँदै आएको गुनासो बढ्ने गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.