गुराँस इन्स्योरेन्सद्वारा दाबी रकम हस्तान्तरण

गुराँस इन्स्योरेन्सद्वारा दाबी रकम हस्तान्तरण

झापा : गुराँस लाइफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिर्तामोडले बिमित परिवारलाई जीवन बिमा दाबी रकम हस्तान्तरण गरेको छ। 

भद्रपुर नगरपालिका-८ क्याम्पसमोड निवासी स्व. सुरेश राई (विवेक) ले २०७७ साल असार ३१ गते ५० लाख रुपैयाँ बिमाङ्कको जीवन बिमा गरेका थिए। जीवन बिमा गरेको चार महिना अर्थात् २०७७ कार्तिक ३ गते कोठामै सुतेको अवस्थामा राईको निधन भएको थियो। 

राईको बिमाङ्क रकम दाबीअनुसार कम्पनीले भद्रपुर ८ को वडा कार्यालयमा बिहीबार एक कार्यक्रमका बीच उनकी धर्मपत्नी रुविना तामाङलाई ५२ लाख ५५ हजार रुपैयाँ दाबी रकमको चेक हस्तान्तरण गरेको हो। 

बिमाङ्कको ५० लाख र बोनस २ लाख ५५ हजार रुपैयाँको सो चेक नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र कम्पनीका प्रदेश प्रमुख गिरिधर श्रेष्ठले उनकी धर्मपत्नी तामाङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्। 

दाबी भुक्तानी रकम कानुनी प्रक्रियाले गर्दा ढिलो भएको बताउँदै कम्पनीका प्रदेश प्रमुख श्रेष्ठले भने, 'बिमित राईको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुल्दा कम्पनीलाई कागजात मिलाउन ढिलाइ भएको थियो।' उनका अनुसार प्रहरीबाट भिसारा रिपोर्ट आउन ९ महिना लाग्यो। 

त्यही कारणले उनको परिवारलाई भुक्तानी दाबी रकम दिन ढिलो भयो। जीवन बिमा गरेको दुई वर्षपछि कसैको मृत्यु भएमा त्यस्ता बिमितको रकम दिन कम्पनीलाई कुनै समस्या उत्पन्न हुँदैन। 

तर बिमितको मृत्यु बिमा गरेको चार महिनामै भएकोले कम्पनीलाई दाबी रकम दिन प्रक्रियामा जानु परेको उनले बताए। जीवन बिमा वृद्ध अवस्थासँगै भवितव्य घटना परी बिमितको मृत्यु भएमा परिवारजनलाई ठुलो सहयोग पुग्ने उनको भनाइ छ। 

नगरपालिकाका प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख कार्की, ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज) लगायतले मन्तव्य राखेका थिए। कम्पनीका प्रदेश प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्पनीका व्यवस्थापक अखिलेश्वर बोहोराले गरेका थिए। 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.