प्रेमप्रकाश मल्ल पुरस्कार रेग्मीलाई

प्रेमप्रकाश मल्ल पुरस्कार रेग्मीलाई

नेपालगन्ज : नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव आख्यानकार सनत रेग्मीलाई यस वर्षको प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुुरस्कार प्रदान गरिएको छ। गीतकार, गायक, संगीतकार स्व.प्रेमप्रकाश मल्ल ‘मधुकर’को ८७औं जन्मजयन्तीका अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले कथाकार रेग्मीलाई पुरस्कार प्रदान गरेको हो। 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र भेरी साहित्य समाज केन्द्रीय समिति सदस्य हरि तिमिल्सैनाले नगद ५० हजार एक सय ११ रुपैयाँ, सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। यसैगरी प्रेमप्रकाश मल्ल ‘मधुकर’ सम्मान नेपालगन्जका सायर सैयद नेपाली र कलाकार राजविक्रम चन्दलाई प्रदान गरिएको थियो। 

‘तिमीले पनि बितायौं, मैले पनि बिताएँ। जसले जसरी बितायो, बित्दो रहेछ जीवन’, स्व. प्रेमप्रकाशको रचना स्मरण गर्दै लेखक/विश्लेषक नरेन्द्रजंग पिटरले नेपालगन्जको माटोले कला, गला, गीत, संगीतको बहुप्रतिभाशाली व्यक्तित्व गुमाएको बताए। ‘जनजीवनका कुरा टपक्क टिप्नेदेखि दर्शनलाई गीत, संगीत र साहित्यमा समेट्न सक्ने दशौं व्यक्ति बराबरको खुवी प्रेमप्रकाशमा थियो। मैले अत्यन्तै श्रद्धा र सम्मान गर्ने व्यक्तिलाई नमन गर्छु’, उनले मधुकरबारे भने। 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि विद्यार्थी राजनीति गर्दा मधुकरलाई भेटेको स्मरण गरे। उनले नेपालगन्जको कला, साहित्यको विकासका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गरेकाले साहित्यिक संघसंस्थासँग सहकार्य गरेर काम गर्ने बताए। कार्यक्रममा बहुभाषी कवि गोष्ठीमा आठ जना साहित्यकारले नेपाली, उर्दूलगायतका विभिन्न भाषाभाषी साहित्यिक रचना वाचन गर्नुका साथै प्रेमप्रकाश मल्ल ‘मधुकर’का गीत गाएका थिए।

प्रेमप्रकाशले राष्ट्रिय भावनाका जनजिब्रोमा झुन्डिएका ‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै को पोखरा नै रैछ...’, ‘वनकी म चरी कठै बरी कसले सुन्ला मेरो मनको बिलौना...’, बोलका गीत गाएका थिए। उनले लेखेको ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ गीतलाई शिवशंकर मानन्धरले गाएका थिए। रुकुममा जन्मिएका प्रेमप्रकाशले नेपालगन्जमा कर्मथलो बनाएका थिए। लामो समय पक्षघातबाट पीडित उनको ७९ वर्षको उमेरमा ११ वैशाख २०७२ मा निधन भएको थियो। उनको सम्झनामा भेरी साहित्य समाजले २०७२ सालदेखि हरेक वर्ष प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.